नेपालका प्रेमकुमार दर्नाललाई स्वर्ण पदक

नेपालका प्रेमकुमार दर्नाललाई स्वर्ण पदक

नेपालका प्रेमकुमार दर्नालले डिजी एसियन तेक्कान्दाे अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन।

डिजी तेक्कान्दाे फिलिपिन्स र ओङ तेक्कान्दाे युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपालका प्रेक कुमार दर्नालले पुरुष ४०–५० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेका हुन ।

दर्नालले कुल ५ दशमलव ०६७ स्कोर बटुल्दै अमेरिकाका टिम ओमिरालाई हराउदै उनले थोरै स्कोरले पछि परेका टिमलाइ५ स्कोर पछि पार्दै स्वर्ण पदक हात पार्न सफल भएका हुन।

साथै नेपालका सञ्जीव नेपालीले  अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका छन उनले पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा ५/४३३ स्कोर प्राप्त गर्दा क्लिभले ४दशमलव४८३ स्कोर जोडेका थिए।

महिला १८–३० वर्षमुनि उमेर समूहमा पनि नेपालकै सन्दीपा अमगाईंले सफलता पाइन् । उनले पनि अमेरिकाकै सानोन मास्देनलाई हराउँदै स्वर्ण चुमिन । सन्दीपाले ५ दशमलव ५०० स्कोर र सानोनले ५ दशमलव ४०० स्कोर प्राप्त गरेकी थिइन ।

गत जुलाई ३१ देखि सञ्चालन भएको पुम्से च्याम्पियनसिपमा आयोजक टोली अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिंगापुर, स्लोभानिया र इन्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता