सल्यानमा एक कर्माचारी माथी कुटपिट

सल्यानमा एक कर्माचारी माथी कुटपिट

सल्यान, ११ साउन ।

सल्यानको त्रिवेणी गाउँपालिकामा कर्मचारीमाथि कुटपिट भएको छ । गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथि कार्यकक्षमै कुटपिट भएको हो ।

विज्ञापन

बुधबार दिउँसो त्रिवेणी, ६ कोस पिपल निवासी जनक बुढाथोकीले विना कुनै कारण शाखा प्रमुखमाथि आक्रमण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकै उत्कृष्ट कर्मचारी रावतमाथि कार्यकक्षमै विना कारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले कुटपिट गर्ने व्यक्तिलाई प्रहरीको जिम्मा लगाई कारवाहीका लागि लेखी पठाइएको बताए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता