ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन

चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन

सल्यान चैत २६

कर्णाली प्रदेश सरकारबाट पहिलो पटक चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन गरिएको छ।

विज्ञापन

कर्णालीमा चिया तथा कफी खेतीको सम्भाव्यता देशकै राम्रो भएको तर अहिले सम्म चिया तथा कफी खेती नभएकोले कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा  सल्यानमा चिया तथा खेतीको लागि पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको हो।

चिया तथा कफी विकास कार्यालय प्युठान कार्यालय प्रमुख चन्द्र प्रकाश बस्नेत सहितको विज्ञ टोलीले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ को मैदुपोखरी वडा नं ८ को कुपिण्डे र अधेरी र वडा नं ११को लछुहालेमा चिया तथा कफी खेतीको लागि स्थलगत सम्भव्यता अध्ययन गरिएको हो।

कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०८०। ०८१को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कर्णाली प्रदेशमा चिया तथा कफी खेती व्यवसायका लागि निति अवलम्वन गरिएकोले कर्णाली प्रदेशमा चिया तथा कफी  खेती विकासका लागि आगमी बर्षमा कार्यालय स्थापनाको लागि राष्ट्रिय चिया तथा कफी विकास कार्यालयमा प्रस्ताव गरेको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि  मन्त्री भिम प्रकाश शर्माले जानकारी दिनुभयो।

मन्त्री शर्माले भन्नु भयो अहिले पहिलो पटक सल्यान जिल्लाबाट चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन थालिएको छ  र  प्रदेशका बाँकी जिल्लाहरु दैलेख सुर्खेत जाजरकोट र रुकुम पश्चिममा पनि सम्भाव्यता अध्ययन गर्ने जानकारी  बताउनुभयो।

पहिलो पटक चिया तथा कफी खेतीको लागि  सल्यान जिल्लाका बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ ८ र ११ का      कृषक समुह सग चिया तथा तथा कफी विकास कार्यालय प्युठान प्रमुख  बस्नेत सहितको विज्ञ टोलीले ७ वटा कृषक समुह संग  अन्तरक्रिया गरेको छ।

सल्यानमा चिया तथा कफी खेतीको राम्रो सम्भावना देखियो बस्नेतले भन्नुभयो यसका लागि पहिलो कुरा किसान मानसिक रुपमा तयार अनुरोध गर्नुभएको छ।

विज्ञ सहितको टोलीले सल्यानमा चिया तथा कफी खेतीको लागि गरिएको सम्भाव्यता अध्ययनमा  चिया तथा कफी खेतीका लागि माटो पुर्ण रुपमा स्वस्थ्य रहेको कफी खेतीको लागि पुर्व तयारको अवस्था राम्रो भएको जानकारी दिएको छ।

अध्ययनबाट सुख्खा मौसममा सिचाइको समस्या रहेको र वैकल्पिक उपाय खोज्न सुझाव दिएको छ।

अध्ययन टोलीले किसानहरु अन्तरक्रियामा असाध्यै उत्सुक भएको र यसै आर्थिक वर्ष देखि ७ वटा कृषक समुहहरुले  कफीको  वीरुवाको माग  अत्यधिक  गरेकोले किसानहरुलाइ चिया तथा कफीखेतीको लागि आधारतभूत तालिम दिन सुझाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता