सयुक्त व्यवसायीक प्यानलको चुनावी अभियान व्यवसायीलाइ भित्ते पात्राे
सल्यान चैत २५
सल्यान उद्योग वाणिज्य संघ सल्यानको चुनावी अभियान तिव्र हुदै गएको छु।
सल्यान उद्योग वाणिज्य संघ सल्यानको यहि मिति २०८१ बैशाख ८ गते हुने निर्वाचनको गतिविधि तिव्र हुदै भएको हो।

सयुक्त व्यसायी प्यानलको तर्फबाट वीरेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा रहेको टिमले चुनाव प्रचार प्रसार गर्न नयाँ तरिका अपनाएको छ।
घरदैलो कार्यक्रम गर्दै चुनावी गतिविधिलाइ तिव्र बनाउदै लिएको टोलीले आज सल्यान सदरमुखकाम खलंगामा व्यवसायीहरुलाइ उम्मेदवारहरुको फोटासहितको २०८१को भित्तेपात्रो दिदै चुनाव प्रचार प्रसारलाइ तिव्र बनाएको हो।

सयुक्त व्यवसायी प्यानलका उम्मेदवारलाइ जिताउन पार्टीका जिम्मेवार नेताहरु चुनाव जिताउन प्रचार प्रसारमा निस्केका छन।
बैशाख ८ गते हुने निर्वाचनमा सयुक्त व्यवसायी प्यानललाइ माओबादी केन्द्र एमाले नेकपाको साथ रहेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा