कृषि मन्त्री शर्मा द्धारा सल्यानका दुइ सामुदायिक बिद्यालयका ४ कोठे पक्की भवनको शिलान्यास

कृषि मन्त्री शर्मा द्धारा सल्यानका दुइ सामुदायिक बिद्यालयका ४ कोठे पक्की भवनको शिलान्यास

पुष २७ सल्यान

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले सल्यान जिल्लामा दुइ सामुदायिक विद्यालयका ४ कोठे पक्की भवनको शिलान्यास गर्नुभएको छ।

विज्ञापन

कर्णाली प्रदेश सरकारको एक स्थानीय तह एक बिद्यालयको भौतिक संरचना निर्माण गर्ने नीति अनुसार मन्त्री शर्माले आर्थिक वर्ष ०८०/०८१मा रु ५० लाख लागतमा निमार्ण कार्य सम्पन्न हुने गरि निर्माण कार्य थालनी गरेका सिद्ध कुमाख गाउपालिका वडा नं २को देउराली मा.वि कुईयाझोलको ४ कोठे पक्की भवन र कुमाख गाउँ पालिका वडा नं ६को महेन्द्र मा. वि जिमालीको ४ कोठे पक्की भवनको एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको हो।

भवन शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री शर्माले विद्यालयको भौतिक संरचना निर्माण गर्ने प्रदेश सरकारको निति अनुसार एक स्थानीय तह एक बिद्यालय भौतिक संरचना निर्माण गर्ने निति अनुसार प्रदेश सरकारले सबै तहका सामुदायिक बिद्यालय भवन निर्माण कार्य सम्पन्न गर्ने बताउनु भयो ।

मन्त्री शर्माले सामुदायिक बिद्यालयबाट अध्ययन गरेका बिद्याथीहरुले निजि बिद्यालयका बिद्यार्थीहरु संग प्रतिस्पर्धा गर्न सक्दैन सरकारी बिद्यालयमा पढाइ कम्जोर हुन्छ भन्ने गुनासो बाट सबै अभिभावक सजक भइ भौतिक संरचना निर्माण सगै बालबालिकाको भविष्य निर्माणमा ध्यायन दिन सुजाउनु भयो।

भवन संख्या थप्दै जाने तर बिद्यार्थी संख्या न्युन हुने समस्या सबै सामुदायिक बिद्यालयमा रहेकाेले  सामुदायिक बिद्यालयमा बिद्यार्थी आकर्षण गर्ने कार्यक्रम  बनाउन शिक्षक अभिभावक तथा सरोकारवालाहरुको ध्यान जान आवश्यक रहेको  जिकिर गर्नु भयो।

 

मन्त्री शर्माले शिलान्यास गर्नुभएको कार्यक्रममा सिद्ध कुमाख गाउँ पालिका अध्यक्ष भरत गिरी,तथा कुमाख गाउँ पालिका अध्यक्ष मान बहादुर बुढाथोकीको बिशेष उपस्थिति रहेको कार्यक्रममा वडा अध्यक्षहरु तथा स्थानीयहरुको सहभागी रहेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता