७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

फागुन ७ सुर्खेत

७२औ  राष्टिय प्रजातन्त्र दिवसको अवसरमा  कर्णाली प्रदेश प्रमुख तिलक परियारले  शुभकामना  सन्देश दिनु भएको छ।

विज्ञापन

आजकै दिन प्रजातन्त्र २००७ साल फागुन ७ गते प्रजातन्त्र  स्थापना भएको  दिनको अवसरमा  प्रदेश प्रमुख परियारले  स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण आम नेपाली तथा कर्णाली वासी हरुको शुभकामना सन्देश दिनु भएको हो ।

प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

राज्य शक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौम सत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।

संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दायित्व हुन आएको छ । प्रजातन्त्र दिवसको यस अवसरले जनताको साझा राष्ट्रिय आकांक्षा पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न अभिप्रेरित गर्ने अपेक्षा गर्नुभयको छ साथै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना समेत गर्नुभयको छ

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता