समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा चन्द निर्वाचित

समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा चन्द निर्वाचित

फागुन २० रुकुम पश्चिम

समाजबादी प्रेस संगठन नेपाल रुकुम पश्चिमको अध्यक्षमा भरत चन्द निर्वाचित भएका छन।

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी निकट पत्रकारहरुको संङ्गठन समाजबादी प्रेस संङ्गठन नेपाल रुकुम पश्चिमको प्रथम भेलाबाट चन्द अध्यक्षमा निर्वाचित भएका हुन।

मुसिकोट खलंगामा सम्पन्न भएको भेलाले भरत चन्दको अध्यक्षतामा १७ सदस्ययी कमिटी गठन गरेको छ ।जसको उपाध्यक्ष क्षितिज बिश्वकर्मा,महिला उपाध्यक्ष पुष्पा ओलि,सचिव टेकराज पुन,कोषाध्यक्षमा कमल भुसाल निर्वाचित भएका छन।

भेलामा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विमलकुमार पुनको प्रमुख आतिथ्यता तथा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य अमरराज पुनको विशिष्ट उपस्थिती रहेको थियो ।

भेलामा नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य पुस्तक चन्द, जिल्ला सचिवालय सदस्यहरु रविन्द्रकुमार बिष्ट र प्रजित बोहराको पनि आतिथ्यता रहेको थियो ।

भरत चन्दको अध्यक्षता तथा समाजवादी प्रेस संगठन नेपाल कर्णाली प्रदेश सदस्य खिमानन्द शर्माको स्वागत मन्तव्य रहेको भेलाको संचालन टेकराज पुनले गरेको बताइएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता