टीभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्माको निधन

टीभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्माको निधन

माघ ६ काठमाडौँ- 

टीभी टुडे टेलिभिजनमा कार्यरत एलवी बिश्वकर्मको आकस्मिक दुखत निधन भएको छ।

विज्ञापन

सुदुरपश्चिम क्षेत्रबाट उदाएमानको रुपमा चर्चित बिश्वकर्मको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो।

पत्रकार बिश्वकर्मा लाइ बुधबार राती ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेको उनका भाइ ललित टमाटाले जानकारी दिएका छन।

‘राति अचाजनक गाह्रो भएर पाटन अस्पताल लिएका थियौँ,’ टमटाले भने , ‘डाक्टरले मृत घोषणा गरिदिए । कसरी मृत्यु भयो भनेर डाक्टरले पनि स्पष्ट भनेको उनले बताए। उनका अनुसार एलबीको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।


टीभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्मा इकागजका नियमित स्तम्भकार हुन् । हिजो मात्रै विश्वकर्माको इकागजमा बाजुराकी सप्पा नेपालीले भोकको जल समाधि लिएको थाहै नपाउने तपाईं कसरी ठूलो मान्छे ? 

भन्‍ने शीर्षकमा लेख छापिएको थियो । त्यसअघि उनले इमेज टेलिभिजन लगायत सञ्चारमाध्यममा उनले काम गरेका थिए ।

क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा खरो लेख्‍ने युवा लेखकका रुपमा परिचय बनाएका थिए । उनको शव पाटन अस्पतालमा छ । उनलाई कोभिड १९ संक्रमण थियो वा थिएन ? भन्ने एकिन छैन ।

इकागजमा प्रकाशित एलबी विश्वकर्माका लेखहरू

 बाजुराकी सप्पा नेपालीले भोकको जल समाधि लिएको थाहै नपाउने तपाईं कसरी ठूलो मान्छे ?

– अनागरिक

– बहुपति बहस

– फिलिङ्‍गो : अपूर्ण बनाइएका महिलाको कथा

– के दलितमाथि भएको व्यवहारमा माफी मागेर हामी साँच्चिकै वीर बन्‍न सक्छौं ?

– सहरमा डेरावासका मेरा तीता अनुभव

– इजरायली दमन निम्त्याउँदै प्यालेस्टाइन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता