किरण गजमेर  बने द भ्वाइस अफ नेपाल सिजन ३ को विजेता

किरण गजमेर बने द भ्वाइस अफ नेपाल सिजन ३ को विजेता

द भ्वाइस अफ नेपाल सिजन ३ को विजेता  किरण गजमेर बनेका  छन  ।

फाइनल  भएको द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि  किरण गजमेर ले प्राप्त गरेका हुन ।

विज्ञापन

एसएमएस र अनलाइन मार्फत् संसारभर रहेका नेपालीले गरेको भोटका आधारमा विजेता छनोट गरिएको हो ।

शनिबार बेलुका ८ बजेपछि हिमालय टेलिभिजनमा फाइनल शुरु भएको थियो । गत साता भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।

टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनल पुगेका थिए ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा आज उपाधि छिनोफानो भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीले भोट गरेका थिए। प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधासमेत रहेको थियो ।

आजको एपिसोडमा चारै जना प्रतिभाले आफ्ना प्रस्तुति समेत दिएका थिए ।

आज ग्राण्ड फिनालेमार्फत् चारजनामध्ये  किरण गजमेर ले सबै भन्दा बढि भोट प्रप्त गरेर द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गरेका हुन गजमेरले नगद २५ लाख पुरस्कार पाएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता