क्यान्सर पिडित परियारकाे घरमा मनाए पत्रकार बिकले जन्मदिन

क्यान्सर पिडित परियारकाे घरमा मनाए पत्रकार बिकले जन्मदिन

श्रावन १९ सल्यान

पत्रकार सुभाकर बिश्वकर्मले क्यान्सर पिडित परियारकाे घरमा जन्मदिन मनाएका छन ।

विज्ञापन

राप्ती साेनारी गाउपालिका वडा नं ९ का घाँटीकाे क्यान्सर राेग पिडित माेतीलाल परियारकाे घरमा बिकले आफ्नाे जन्मदिन मनाएका हुन ।

राष्टिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेश समिती सदस्य तथा बाँके जिल्लाकाे ठुलाे मिडिया मिसन टुडे दैनिक रेडियाे मिसनमा नियमित पत्रकारीता गर्दै आएका बिकले राप्ती साेनारी गाउपालिका वडा नं ९ का क्यान्सर राेग पिडित परियारलाइ जन्मदिनकाे अबसरमा उपचारमा सहयाेग हुने गरी उनकाे घरमा जन्मदिन मनाउदै नगद रु दुइ हजार पाँच सय सहयाेग गरेका छन ।

बिगत ३ महिना देखि शुसिल काेइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत परियारलाइ उपचारकाे लागी आफुले केही राहत हुने साेचले उनकाे घरमा जन्मदिन मनाएकाे बिकले बताए ।

उनले भने सामाजिक कार्यमा लगानी गर्दा कसैकाे जीवन बाँच्छ भने हामीले जन्मदिनमा गर्ने फजुल खर्च कटाैती गरी बेडमा छटपटाइ रहेका चाेटमा मलम लगाउने सक्नेभन्दै जन्मदिनमा हाेटेल रेष्टुरेण्टमा जन्मदिन मनाउने धेरै धन राशि खर्च गर्ने नेपाली संस्कार र संस्कृति रुपान्तरण गर्न आवश्य रहेकाेले आफुले बिरामीकाे घरमा जन्मदिन मनाएका बिकले भने आफुले फजुल खर्च कटाैती गरेर सामाजिक क्षेत्रमा लगानी गर्ने साेच रहेकाेले जन्मदिन फरक धारबाट मनाएकाे बताए ।

राप्ती साेनारी गाउपालिका वडा नं ९ का माेतीलाल परियार एक सामान्य आर्थिक अबस्था भएका एक सिलाइ मजदुर हुन उनकाे घाँटीमा पहिले देखि नै समस्या भएता पनि क्यान्सर प्रमाणित भएकाे ३ महिनामात्र भएकाे पत्रकार बिकले बताए ।

बिकका अनुसार क्यान्सर राेगकाे उपचार महङ्गाे हुने भएकाले पिडित परियार बिगत ३ महिना देखि मासिक रु ९२ हजार खर्च गरी उपचार गर्दा घरकाे आर्थीक अबस्थाले उपचार गर्न नसक्ने भएकाले हामी जस्ता सामाजिक क्षेत्रमा काम गर्ने सहयाेगी हातबाट परियारकाे उपचारमा सहयाेग गर्ने सके पिडित परियारकाे घाँटीकाे क्यान्सर राेग काे उपचारमा सहयाेग बताएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता