स्याङ्जाकाे चापाकाेट नगरपालिकामा काेराेना   संक्रमित संख्या एक साताकै उच्च

स्याङ्जाकाे चापाकाेट नगरपालिकामा काेराेना संक्रमित संख्या एक साताकै उच्च

श्रावन १८ सन्जुदेवी परियार

स्याङ्जा जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमिततकाे संख्या ह्वातै बढेकाे छ। पछिल्लाे २४ घण्टाकाे अबधीमा जिल्लाकाे चापाकाेट नगरपालिकामा संक्रमित हुनेकाे संख्या केही दिन यताकै संख्या भन्दा उच्च रहेकाे छ।

विज्ञापन

चापाकाेट अस्पतालका अनुसार आज नगपालिका भित्रका २२ जनामा गरिएकाे काेराेना परिक्षणमा १२ जना पाेजिटिभ भएकाे अस्पताल प्रशासनले जनाएकाे छ।

नगरपालिकामा  दिन प्रतिदिन कोरोना संक्रमित संख्या बढे संगै स्वास्थमा थप चुनाैती देखिएकाे वडा अध्यक्ष शङ्करभक्त भण्डारी ले बताए । उनले भने नगरपालिकाले बन्दाबन्दीकाे अबस्था केही खुकुलाे बनाए लगतै बजार कलकारखनामा मानिसकाे आवतजावत बढे सगै नगरपालिकामा थप जटिलता आएकाे उनले बताए।

नगरपालिका प्रशासन तथा स्वास्थ कार्यलयले स्वास्थका मापदण्ड अनुसार नागरिकलाइ आवत जावत तथा किनमेल गर्ने सुचना जारी गरे पनि नागिरकले सुचनाकाे ब्यवास्ता गरेकाले चापाकोटमा अझै खतरा हुने सम्भावना भएकाले १ हप्ताको लागि चापाकोट नगरपालिका सिल गरेदेखि सबै नागरिक सुरक्षित हुने अध्यक्ष भण्डारीले बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता