जनप्रत्रकार संगठनको पुर्ण बैठक बाट  एक महिना भित्र जिल्ला र प्रदेश सम्मेलन गर्ने निर्णय

जनप्रत्रकार संगठनको पुर्ण बैठक बाट एक महिना भित्र जिल्ला र प्रदेश सम्मेलन गर्ने निर्णय

“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको शुनिश्चितता,जनपक्षीय पत्रकारीताको विकासमा प्रतिवद्धता” भन्ने मुलनाराका साथ जनपत्रकार संगठन नेपालकाे पुर्ण बैठक कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगर सुर्खेतमा सम्मपन्न भएकाे छ।

विज्ञापन

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा वुधवार वसेको संगठनको पूर्ण बैठकले एक महिना भित्र जिल्ला र प्रदेश सम्मेलन गर्ने निर्णय निर्णय गरेको हाे।

भाद्र १५ गते सम्म कर्णाली प्रदेशका सवै जिल्लाको भेला,सम्मेलन गर्ने र भाद्र १८ गते प्रदेश स्तरीय सम्मेलन गर्ने निर्णय गर्नुकाे साथै आगामी भाद्र १९ गते संगठनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकाे बताइएकाे छ।

आज बसेकाे पुर्ण बैठकबाट जगदिशनाथ योगीको संयोजकत्वमा १७ सदस्यीय प्रदेश सम्मेलन आयोजक समितिको गठन गरेको जनपत्रकार संगठन नेपालले जनाएको छ ।

लगायतका निर्णय गरेको छ ।

वैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि एटम विसीले वैठमा उठेका जिज्ञासाहरुको जवाफ दिदै वैठक ऐतिहासिक र महत्वपूर्ण भएको भन्दै जनताको पक्षमा कलम चलाउन र भ्रष्ट,दलाल,राष्ट्रघाती,जनघातीहरुका विरुद्ध शसक्त भण्डाफोर गर्नुकाे साथै पत्रकारकाे हक हित र पेशागत सुरक्षा र संरक्षणको लागि अभियानहरु संचालन गर्ने याे संगठनकाे महत्वपुर्ण भुमिका रह्काले यस्ता गतिबिधी सञ्चालन गर्न सुझाएका थिए।

उनले भने संसदिय व्यवस्थाको असफलता भएकाले त्यसको विकल्पमा नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र नेता त्यसको लागि प्रगतिशील संयुक्त सरकार निर्माण गरी जनमत संग्रह गर्नु पर्ने धारणा राखेका थिए।

संगठनका केन्द्रीय संयोजक तथा विशेष अतिथि शेरबहादुर विश्वकर्माले वर्गिय समाजमा पत्रकारिता पनि वर्गिय हुने भएकाले ‘पुँजीवादी र वर्गीय समाजमा कुनै पत्रकार स्वतन्त्र नहुने भन्दै हरेकले वर्गीय पक्षधरता लिने गरेको वताएका थिए।

वैठकमा प्रदेशका सबै जिल्लावाट सहभागी प्रतिनिधिहरुले आ आफ्नो सुझावहरु राख्दै चलिरहेका मिडियाहरुको संरक्षण गरिनु पर्ने धारणा राखेका थिए ।

वैठक कर्णाली प्रदेश संयोजक जगदिशनाथ योगीको अध्यक्षता तथा केन्द्रीय सदस्य वसन्त विकको संचालनमा सम्पन्न भएको जनाइएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता