ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
पाल्पामा  सोमबार देखि लामो तथा छोटो दुरीको सार्वजनिक यातायात सञ्चालन हुने

पाल्पामा सोमबार देखि लामो तथा छोटो दुरीको सार्वजनिक यातायात सञ्चालन हुने

१० श्रावन २०७८ सन्जुदेबि परियार पाल्पा

पाल्पामा सोमबार देखि लामो तथा छोटो दुरीको सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिएमसि) पाल्पाको आईतबार बसेको बैठकले नेपाल सरकारको साउन ४ गतेको निर्णय अनुसार जनस्वास्थ्यको मापडण्ड पूर्ण पालना गरी लामो तथा छोटो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

विज्ञापन

जिल्ला प्रशासन कार्यालयले बैशाख १७ देखि जारी निषेधाज्ञा आगामी साउन २१ गते सम्मलाई थप गर्दै पसलहरु साँझ ७ बजे सम्म खोल्न दिने भएको छसिट क्षमता अनुसार यात्रु राख्ने गरी स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन हुन दिईने भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दर कायम नै रहेको भन्दै आईतबार राति१२ सम्म जारी निषेधाज्ञालाई नवौं पटक थप गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिएमसि) पाल्पाको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साउन २१ गते राती १२ बजे सम्मको लागि थप गरेको जिल्ला प्रशासन कार्यलय पाल्पाले जनाएकाे छ।

निषेधाज्ञाको विच यस अघि जिल्ला भित्र जोरविजोर प्रणालीमा यातायात सञ्चालन हुँदै आएकाे र अब होटेल, रेष्टुरेण्ट, चिया तथा खाजा पसल, चमेना गृहहरु स्वास्थ्य मापदण्ड पालना गरि विहान ७ बजे देखि साँझ ८ बजे सम्म खोल्न पाईने आदेशमा जानकारी गरिएकाे छ।

मेडिकल तथा क्लीनिकहरु २४ सै घण्टा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले आदेश जारी गर्दै विवाह व्रतवन्ध लगाएत संस्कार जन्य कार्यहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी घर मै सञ्चालन गर्न अग्रह गरेका छन

जसमा १५ जना भन्दा बढी सहभागी हुन पाईने नपाइने र आदेशको उल्लंघन गरेमा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ को दाफा १९, २१ र २२ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कार्वाही हुने जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता