टिपरमा लगाएकाे जग ढल्दा टिपरले च्यापेर सहचालककाे मृत्यु

टिपरमा लगाएकाे जग ढल्दा टिपरले च्यापेर सहचालककाे मृत्यु

२०७८ श्रावन ६ सल्यान ।

सल्यान जिल्ला कालीमाटी गाउपालिका वडा नं ३ काे पुतली वजार नजिक कालिका कन्ट्रक्सनका टिपर सहचालककाे टिपरमा लगाएकाे जग ढल्दा बिपरित दिशामा रहेकाे टिपरमा च्यापियर घटना स्थलमै मुत्यु भएकाे छ।

विज्ञापन

दाङ सल्यान सुर्खेत सडक खण्डकाे कालाेपत्रे गर्ने जिम्मा पाएकाे कालिका कन्ट्रक्सनमा ६ महिना अघि कम्पनीमा सहचालकाे रुपमा काम गर्दै आएका सल्यान जिल्ला कालीमाटी गाउपािलका वडा नं २ सिमलकुनाका १९ बर्षिय ज्ञानेन्द्र वलीकाे टिपरले च्याप्दा घटना स्थलमै मृत्यु भएकाे कालीमाटी प्रहरी जनाएकाे छ।

बिहान करिव ९ बजे तिर टिपरकाे टायर फेर्ने गएका तिन सहचालकले ना १ क ४६२५ नम्बरकाे टिपरकाे टायर फेर्दै गर्दा उक्त टिपरमा लगाएकाे जग ढल्दा बिपरित दिशामा रहेकाे ना १ क ९९०६ नंम्बरकाे टिपरमा ठाेकिदा उनकाे दुबै टिपरकाे बिचमा च्यापियर मृत्यु भएकाे र अरु दुइजना भागेकाले बाँच्न सफल भएकाे प्रहरीले जनाएकाे छ।

मृतक वलीकाे घर परिवारलाइ कालिका कन्ट्रक्सन बाट रु ५ लाख ५० हजार र बिमा बाफत प्राप्त हुने रु ५ लाख गरी १० लाख ५० हजार दिने सहमती भए सगै मृतक वलीकाे लास पाेस्टमार्टमकाे लागी प्रादेशिक अस्पताल तुलसीपुरमा दाङमा लगिएकाे प्रहरीले जनाएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता