गायक प्रकास सपुत र गायिका सुनिता दुलाल सद्धभावना दूतमा नियुक्त

गायक प्रकास सपुत र गायिका सुनिता दुलाल सद्धभावना दूतमा नियुक्त

२०७८ श्रावन ७ गते काठमाडाै

बाढी पहिरोबाट बढी प्रभावित जिल्लामध्येका दुई जिल्ला बाग्लुङ्ग स्थायी घर भएका गायक सपुत र सिन्धुपाल्चोक स्थायी घर भएकी गायिका दुलाललाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।

विज्ञापन

प्राधिकरणले बिहीबार प्राधिकरणको कार्यालय सिंहदरबारमा एक कार्यक्रम आयोजना गर्दै गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल लाइ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सद्धभावना दूतमा नियु्क्त गरिएकाे हाे।

दुवै जनलाई एक वर्षका लागि सद्भावना दूत घोषणा गरिएको प्राधिकरणका सहसचिव अनिता निरौलाले जानकारी दिएकी छन ।

विपद् जोखिम न्यूनिकरणमा कलाकारको विशेष भूमिका रहने भएकाले उनिहरुलाई सद्भावना दूत नियुक्त गरिएको उनको भनाई छ ।विपद जोखिम न्यूनकिरण गर्नका लागि चनचेतना फैलाउनका लागि उनिहरुलाई नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता समेत रहेका सहसचिव विश्वप्रकाश अर्यालले बताए । दूत नियुक्त भइसकेपछि दुवै जनाले विपद् जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्राधिकरणले अपेक्षा गरेको जनाइएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता