तिलोत्तमामा वालबालिका अधिकार खोज्न संगठित हुदै

तिलोत्तमामा वालबालिका अधिकार खोज्न संगठित हुदै

बुटवल —तिलोत्तमा २ की दिपा परियारलाई पहिले समुहमा बोल्न , आफ्ना कुरा राख्न निकै गाहे लाग्थ्यो । घर छिमेकमा बोल्दा पनि कसैले केहि भन्ने हो की भन्ने निकै डर लाग्ने गरेको बताउने उनि अहिले भने संयौ व्यक्तिको अगाडि बोल्न सक्ने भएकी छिन् । उनि भन्छिन् “मैले पढ्ने स्कुलमा बाल क्लव गठन भएको छ ,क्लवमा हुने मासिक वैठक तथा अन्तरघुलन कार्यक्रम मार्फत बोल्न सक्ने भएकी हुं । ”

तिलोत्तमा नगर वाल सञ्जालका सचिव सचेत बस्नेतलाई बिद्यालय छुट्टिको समयमा भ्याइनभ्याई हुन्छ । उनले नगरका १७ वटै वडामा बनेका समुहमा छलफल चलाउने,स्थानिय तहले गरेका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागि हुने तथा वालवालिकाको क्षेत्रमा नयां नयां योजना बनाएर कार्यान्वयमा लैजानका लागि वडा र नगरलाई खबरदारी गर्ने लगाएतका काममा व्यस्त हुने गरेको बताए । उनि भन्छन् “ बालमैत्री शासन सन्चालन गर्न नगरस्तरीय र वडास्तरीय कार्यक्रमहरु सञ्चालन र भौतिक संरचना निमार्ण गर्न आवश्यक पर्छ । अभिभावक,जनप्रतिनिधि र कर्मचारीले समन्वयनकारी भूमिका खेल्नुपर्छ भने हाम्रा लागि प्रयाप्त बजेटको व्यवस्था गर्नुपर्छ । जसले गर्दा सूचक अनुरुप कामगर्न, बालबालिका र सम्बन्धित निकायलाई सन्चालन गर्न सहज हुनेछ ।”

विज्ञापन

नगर वाल सञ्जालका अध्यक्ष स्नेहा पौडेलले सबै प्रकारका वालवालिका अटाउने गरि समुह गठन गरेको बताईन् । उनि भन्छिन् “पहिले छोरी मान्छे घर वाहिर जानुहुन्न,ठुलो स्वरमा वोल्नुहुन्न भनेता पनि अहिले घर वाहिर गएर समुह बनाउने, किशोरावस्थामा आउने परिवर्तनका बारेमा बहस गर्ने ,बाल अधिकार र कर्तव्यका बारेमा जनचेतना मुलक अडियो भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने, बिद्यालय वाहिर भएका वालबालिकाहरुलाई बिद्यालय सम्म पुरर्याउन टोल बिकास संस्था मार्फत घरदैलो अभियान चलाएको तर अझै पनि हामीले बालमैत्री नगरपालिका बारे व्यापक प्रचार गर्न सकिरहेका छैनौ । जसले गर्दा अधिकांश व्यक्तिहरुले यसको महत्वबारे बुझ्न पाएका छैनन् । हामीले बालमैत्री नगरपालिका बारे जनस्तरसम्म जनचेतना पु¥याउन जरुरी छ । ”

परियार ,बस्नेत र पौडेल उदाहरणिय पात्र हुन् । आजका वालबालिका भविष्यका कर्णधार हुन् ,त्यसैले आज लगानी गरे भोलि सकरात्मक प्रतिफल मिल्छ भने जस्तै तिलोत्तमा नगरपालिकाले पछिल्लो समय वालवालिकामा लगानी गर्न लागि परेको छ , जसले गर्दा वालबालिकाको चौतर्फी विकासका लागि निकै महत्वपुर्ण सहयोग पुगेको छ । तिलोत्तमा नगरपालिकाले ५१ ओटा सूचक पूरा गरि निकै तामझामका साथ वि.स. २०७८ मंसिर २९ गते तिलोत्तमा नगरपालिका सबै प्रकारका सुचक पुरा गरि पहिलो र रुपन्देही जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरेको थियो ।जसले गर्दा नगरभित्र वालवालिकालाई हेर्ने द्धष्टिकोणमा नै परिवर्तन भएकाले वालवालिकाहरु विना कुनै अवरोधका साथ संगठित हुने , आफ्ना कुराहरु राख्ने,वालविवाह , लागुपदार्थ तथा बालश्रम विरुद्ध खुलेर विरोध गर्ने संगै सचेतनामुलक कार्यक्रम गर्ने गरेका छन् ।

सामान्यतया बालमैत्री स्थानीय साशन भन्नाले बालबचाउ, बाल संरक्षण, बालविकास, र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवालहरुलाई स्थानीय निकायको नीति, संरचना, प्रणाली ,कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउछ ।बालमैत्री शासनले बालमैत्री गैर विभेदकरण, अधिकार र कर्तव्य, सर्वाङ्गिण विकास र बाल सहभागिताको सिद्धान्तमा आधारित भई बालअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्धति र प्रयास नै बालमैत्री शासन हो ।

बालमैत्री शासनका निम्ति नेपालको संविधान, २०७२ (धारा ३९ मा १० उपधाराको व्यवस्था), बालअधिकार सम्बन्धी महासन्धि १९८९, स्थानीय स्वायत्त शासन ऐन २०५५, बालबालिका सम्बन्धि ऐन २०४८, बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९ ,बालश्रम (निषेध र नियमित) ऐन, २०५६, दिगो विकासका लक्ष्यहरु (२०१६–२०३०) र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९, बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका, २०७८ रहेका छन् । जसले बालमैत्री शासन व्यवस्थालाई थप सहयोग पु¥याएको छ ।

बालमैत्री सहजकर्ता बिकास सुनारले बालमैत्री नगरपालिका घोषणा भएपश्चात बालबालिकाको लागि अवसरका ढोकाहरु खुलेको बताए । विभिन्न क्षेत्रमा अर्थपूर्ण सहभागिता हुनुका साथै बालबालिकाहरुमा नेतृत्व विकास, सामुहिक भावनाको विकास र आफ्ना हक–अधिकार बारे जनचेतनाको विकास हुदै गएकाले समाजको कुसंस्कार बिरुद्ध जस्तै ः बालविवाह, बाल हिंसा न्युनिकरण,धुम्रपान,सुर्तिजन्य तथा मद्ययपानमा रोक लगाउनमा मद्दत पुगेको सुनारको भनाई छ ।

त्यस्तै तिलोत्तमा नगरपालिकाले ५ वटा क्षेत्रका ५१ वटा सूचकहरु (बालबचाउ १४ सूचक, बाल संरक्षण समिति १० सूचक, बालविकास ६ सूचक, बाल सहभागिता ६ सूचक र संस्थागत सूचक १५) रहेकका छन् । पछिल्लो समय बाल समुहको संख्या विद्यालय स्तरमा ६६, समुदाय स्तरमा १६६ गरि जम्मा २३२ रहेका छन् । वडा बाल सञ्जालको संख्या १७, नगरपालिकाको बालमैत्री योजना कार्यन्वयन कार्यदल समिति १, नगरबाल सञ्जाल १, बालमैत्रीनगर समिति १, बालअधिकार नगर समिति १, वडा स्तरीय बालमैत्री समिति १७ र वडा स्तरीय बालअधिकार समिति १७ रहेको तिलोत्तमा नगरपालिकाका बालमैत्री शाखा अधिकृत शारदा भट्टराईले बताईन् ।उनि भन्छिन “नगरपालिकाले नगरस्तरबाट र वडा स्तरबाट करोडौ रुपैया आफ्नो नीति तथा कार्यक्रममा विनियोजन गरेको छ ।पालिकाले सम्पर्क व्यक्ति, सहजकर्ता र नगर समन्वयनकर्ताका माध्यमबाट आफ्नो कार्यलाई थप सशक्त बनाएको छ । हाल ४ हजार ५ सय ५५ जना विद्यालय तथा समुदायमा आधारित बाल समुहका संजालमा सदस्य समेत रहेका छन् ।”

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले पालिकाले भौतिक विकास सँगै मानवीय विकासलाई जोड दिएको बताईन । वालमैत्री नगर बनाउनका लागि सबैको मेहनत र प्रयासले सफल भएको भन्दै आगामि दिनमा पनि सबैले हातेमालो गर्न जरुरी रहेको भन्दै कार्यक्रम घोषणा गर्नु भन्दा पनि त्यसलाई टिकाई राख्न जरुरी रहेकाले आगामि दिनमा बालमैत्री शासनले निर्धारण गरेका पूर्वधारको व्यवस्था ,क्षमता अभिवृद्धिका कार्यक्रम,विभिन्न निकायहरु बीच सहकार्य र उचित बजेटको व्यबस्थापनमा जोड दिने बताईन ।