पार्टीबाट बिदा भए  सभामुख घर्तीमगर

पार्टीबाट बिदा भए सभामुख घर्तीमगर

बुटवल – लुम्बिनी प्रदेशको सभामुख पदमा निर्वाचित भए लगत्तै तुलाराम घर्तीमगर नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र)बाट बिदा भएका छन । उनि उक्त पार्टीको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए ।

सभामुखमा निर्बिरोध निर्वाचित घर्तीमगरले मंगलबार पार्टीको लुम्बिनी प्रदेश समिति र माओवादी केन्द्र संसदिय दललाई धन्यवाद दिनु हुदै पार्टीको भुमिकाबाट बिदा भएका हुन । उनी भन्छन ” तपाईहरुको सहयोगले फरक भुमिकामा पुगेको छु सोही अनुसार जिम्मेवारी निभाउने प्रतिबद्धता व्यक्त गर्दछु साथै मलाई सभामुख पदको उम्मेदवारमा सिफारिस गर्ने पार्टी र संसदिय दलप्रति आभारि छु ।”

विज्ञापन

सभामुख घर्ती मगरलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीका अध्यक्ष सुदर्शन बराल, संसदिय दलका नेता जोख बहादुर महरा, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने, सचीव कृष्ण अधिकारि कोषअध्यक्ष निर्दोश अलि लगायतका नेताहरुले बधाई तथा शुभकामना दिएका थिए ।

मंसिर ४ मा भएको निर्वाचनमा पाल्पा क्षेत्र न २ (ख) बाट निर्वाचित घर्तीमगर ०७४ को निर्वाचनमा समेत त्यहि निर्वाचन क्षेत्रबाट बिजयी भएका थिए। यस अघि उनि माओवादी केन्द्र संसदिय दलको प्रमुख सचेतकको जिम्मेवारी सम्हालीसकेका छन । सभामुख घर्ती स्वच्छ छवि,माक्सवादी राजनीतिका प्रखर वक्ता, कशुल लेखक, अध्येता र राजनीतिक वैचारिक स्कुलिङ्गका प्रखर वक्ताका रुपमा चिनिएका चिनिन्छन् ।

सभामुख घर्तीमगरले बुधबार दिउँसो १ बजे प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ ।