बनगाड कुपिन्डे नगरपालिका सल्यानले  खेती याेग्य जमिनकाे भू-वर्गीकरण गर्ने

बनगाड कुपिन्डे नगरपालिका सल्यानले खेती याेग्य जमिनकाे भू-वर्गीकरण गर्ने

मंसिर १५ सल्यान

बनगाड कुपिन्डे   नगरपालिकाले खेती याेग्य जमिनकाे भू वर्गिकरण गर्ने भएकाे छ।

विज्ञापन

बिहिबार आज सल्यानको बनगाड कुपिन्डे  नगर कार्यपालिकाबाट यस्ताे निर्णय भएकाे हाे।

बैठकमा विभिन्न निर्णयहरु पारित गरिएको वडा नम्वर ३ वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुनमगरले जानकारी दिए।

प्रबक्ता पुनमगरका अनुसार टोलटोलमा गएर खेतीयोग्य जग्गाको भू वर्गीकरण गरि २१ गते सम्म नगरपालिकामा बुझाउने  समयावधि ताेकिएकाे छ।

बैठकले वर्षाका कारणले बिग्रिएका सडककाे सरसफाइ गरिसकेका  सडकको भुक्तानी दिने, वर्षाको समयमा क्षति  भएको घर तथा जग्गाकाे अनुगमन तथा मुल्यांकन गर्ने निर्णय  गरेकाे बताइएकाे छ ।यस्तै कार्यपालिका बैठकले सडक बाहेक  योजनाको समितिहरु बनाएर छिटो सम्झौता प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको प्रवक्ता पुनमगरले जानकारी दिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता