प्युठानमा तिर्थयात्रु सवार जिप दुर्घटना

प्युठानमा तिर्थयात्रु सवार जिप दुर्घटना

साउन १४ प्यूठान

प्युठानमा तिर्थयात्रु सवार जिप दुर्घटना भएकाे छ।

विज्ञापन

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका वडा नम्बर -४ भ्यागुते भन्ने ठाउँमा लु ३ च ३५३ नम्बरको बाेलेरो जीप दुर्घटनामा परेकाे हाे।

तिर्थयात्रु सवार जिप दुर्घटना हुदा १ जनाकाे मृत्यु भएको छ भने १४ जना घाइते भएका छन।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका-३ की ३२ वर्षीया गुडिया ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार १७ जना यात्री रहेकाेमा १४ जना घाइते भएकाे र ९ जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ।

घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारपछि एडवन सिटी अस्पताल बुटवल पठाइएकाे र जीपमा सवार सबै रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्रीहरू रहेकाे प्रहरी नायव उपरीक्षक थापाले बताए।