सल्यानमा भेटिएकाे अनौठाे बस्तु ओइदर बेलुन  भएकाे प्रहरीकाे भनाइ

सल्यानमा भेटिएकाे अनौठाे बस्तु ओइदर बेलुन भएकाे प्रहरीकाे भनाइ

१४ श्रावन २०७८ सल्यान
सल्यान जिल्र्लाकाे बागचाैर नगरपालिका वडा नं ९ कोटमौला परिलेखमा भेटिएको अनौठो बस्तु ओइदर बेलुन’ भएको प्रहरीले जनाएको छ । सोमबार दिउसोँ मानव बस्ती नजिकै रहेको जंगलमा भेटिएको अनौठो बस्तु ‘ओइदर बेलुन’ भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले कोटमौलामा भेटिएको बस्तु मौषम सम्बन्धि तथ्यांक संकलन कार्यमा प्रयोग गरिने ओयदर बेलुन रहेको जानकारी दिएका छन ।

विज्ञापन

मौषम सम्बन्धि जानकारी लिनलाई वनाइएको ‘ओयदर बेलुन’ भएको आशंका छ, मौषम बिज्ञान बिभागले मौषम सम्बन्धि जानकारी लिनलाई दैनिक रुपमा एउटा बेलुन छोड्ने रहिछ, सबै क्षेत्रसँग बुझ्दा ‘ओयदर बेलुन’मा ५ मिटर जति लामो भएको सेतो बेलुन, ३५ मिटर जतिको डोरीमा १/१ किलोको २ वटा बक्स लगाएतका बस्तु रहेकोभएको जानकारी आएको छ’ उनले बताए।

अस्थायी प्रहरी पोष्ट पाथिहाल्नाबाट गएको प्रहरी टोलीले परिलेखमा भेटिएकाे ओइदर बेलुनलाइ सुरक्षित साथ प्रहरी कार्यालयमा ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यायल सल्यानले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता