ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु
- ई प्रतिबिम्ब
- २०८० माघ ३
- 612 views
बुटवल – बुटवल उपमहानगरपालिका वडा नं. – ११ नहरपुरमा रहेको ज्ञानपुन्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ ।
बिद्यालयको २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा आयोजित खेलकुद सप्ताहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेले खेलकुदले विद्यार्थीको पढाईसंगै चौतर्फी विकास हुने बताए । उनले शिक्षासंगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा विद्यालयका प्राचार्य तोयाराम पौडेलले बोल्दै ज्ञानपुञ्जले हरेक विद्यार्थीको लागि शिक्षा र खेलकुदलाई प्राथमिकताका साथ राखेको बताउँदै बिद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्व सन्ध्यामा हरेक वर्ष खेल सप्ताह गरिएको बताए ।
खेल सप्ताह दुई चरणमा सम्पन्न हुनेछ । उद्घाटन सत्रको सुरुको खेलमा प्रमुख अतिथिबाट रसि तानेर समुदघाटन गरिएको छ भने उदघाटनका दिन बेलुन रेस, स्वीट रेस र स्पोन रेस खेलहरु सम्पन्न भएको छ । पहिलो चरणमा माघ ३ देखि ७ गतेसम्म प्री प्राइमरी अर्थात् मन्टेश्वरी देखि कक्षा ६ सम्मका विद्यार्थीहरुले बोटल गेम, निडल गेम, अनलक्की सेभेन, म्याथ रेस, थ्रो बल, कबदडी , १ सय र २ सय मीटरसम्मको रेसलगायतका कार्यक्रमहरु हुनेछन् ।

त्यस्तैगरी दोस्रो चरणको खेल माघ ७ देखि १० गतेसम्म कक्षा ७ देखि १२ कक्षाका विद्यार्थीहरु खेलमा सहभागी हुनेछन् । टग बार, भलिबल , कबड्डी, खोखो, सर्टपुट, २ सय, ४ सय मिटरको रेस, रिले रेस, ज्याब्लीङ थ्रो, हाइजम्प, लङजम्प, चेस र ब्याडमिन्टनलगायतका खेलहरु हुनेछन् ।

उक्त खेलमा विजेता विद्यार्थीहरुलाई माघ ११ गते पुरस्कार वितरण गरिनेछ । माघ १२ गते बिद्यालयको २१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रम गरी समापन गरिनेछ ।
खेल सप्ताहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम ढकालको अध्यक्षता, सहप्राचार्य हिमलाल न्यौपानेको स्वागत मन्तव्य तथा इसीए कोर्डिनेटर हरिप्रसाद भट्टराईको सन्चालन गरेका थिए ।
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्