ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
स्वरोजगार र आत्मनिर्भर बन्न सीप सिक्नु पर्छ : अध्यक्ष पुन

स्वरोजगार र आत्मनिर्भर बन्न सीप सिक्नु पर्छ : अध्यक्ष पुन

 

बुटवल – बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा १५ दिने कफि तथा वेटर तालिम आजदेखि शुरु भएको छ ।

विज्ञापन

वडा नं १० का अध्यक्ष बल बहादुर पुनले कार्यक्रमको उदघाटन गदै वडा भित्र बसोबास गर्ने युवाहरुलाइ केही सिप सिकाएर दक्ष बनाउन सके उनिहरुले रोजगारीको अवसर पाउने र नेपालमै बसी आत्मनिर्भर बन्न सक्ने भएकाले तालिमको आयोजना गरिएको बताए ।

उनले पछिल्लो समय युवाहरुमा कुनै पनि कामको सीप नहुदा बेरोजगारी संख्यामा वृद्धि भएको भन्दै यस्ता खालको तालिमले स्वरोजगार र आत्मनिर्भर बन्नका लागि सहयोग पुग्ने बताउदै आगामी दिनमा वडाबासीको चाहाना अनुसार नै अन्य तालिमहरु पनि ल्याउने बताए ।

ओल्ड स्कुल अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट प्रा लि का सचांलक बिशाल श्रेष्ठले सुसि कोर्स, बारिस्टा, बेकरी, बारटेन्डिङ हाउसकिपीङ ,कुकिङ मिक्सोलोजी,जस्ता कोर्सहरु सिकेर देशमा या बिदेशमा आर्थिक रुपमा आत्मनिर्भर बन्न सकिने बताए ।

कार्यक्रममा वडा नं १० का वडा सदस्य यमुना काउचा, मिन सारु ,रामनगर सामुदायिक वनका अध्यक्ष रुद्र हमाल , समाजसेवी हुम प्रसाद अधिकारी, समाजसेवी डिल्लीराज अर्याल लगाएतको सहभागीता रहेको थियो ।

वडा १० का वडा सदस्य रमेश प्रसाद अधिकारीको संयोजकत्व भएको कार्यक्रमको सञ्चालन सचिव गणेश प्रसाद न्यौपानेले गरेका थिए ।