ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा अटो दुर्घटना चार जना घाइते

सल्यानमा अटो दुर्घटना चार जना घाइते

असोज १७ सल्यान

सल्यानमा अटो दुर्घटना भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको सुनौली बजारबाट सल्लीबजार जाँदै गरेको ०२००१ ह १११५ नम्बरको अटो सल्ली रुकुम चौरजहारी सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका ६ बयलडाँडी नजिकै दुर्घटना भएको हो ।

विज्ञापन

दुर्घटना परी चार जना घाइते भएका छन।
बनगाड कुपिण्डे नगरपालिका ३का ३६ वर्षीय खल बहादुर बुढा, का ४७ वर्षीय ग्रिम रोका, ५ राउचेका ५० वर्षीय शिवलाल शाहु र ६१ वर्षीय मुने साहु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते चालक बाहेक अन्य तीन जनाको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता