सल्यानमा अटो दुर्घटना चार जना घाइते

सल्यानमा अटो दुर्घटना चार जना घाइते

असोज १७ सल्यान

सल्यानमा अटो दुर्घटना भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको सुनौली बजारबाट सल्लीबजार जाँदै गरेको ०२००१ ह १११५ नम्बरको अटो सल्ली रुकुम चौरजहारी सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका ६ बयलडाँडी नजिकै दुर्घटना भएको हो ।

विज्ञापन

दुर्घटना परी चार जना घाइते भएका छन।
बनगाड कुपिण्डे नगरपालिका ३का ३६ वर्षीय खल बहादुर बुढा, का ४७ वर्षीय ग्रिम रोका, ५ राउचेका ५० वर्षीय शिवलाल शाहु र ६१ वर्षीय मुने साहु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते चालक बाहेक अन्य तीन जनाको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता