जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

 

बुटवल — सैनामैना दलित उत्थान समितीको आयोजनामा आईतवार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालीकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले जातीय विभेदलाई कानुनले अपराधको रुपमा स्विकार गरिसकेको हुदां नगर भित्र त्यस्ता अवशेष रहेका छन् भने त्यसलाई अन्त्य गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुदिए । उनले समाजमा महिला र पुरुष २ जात मात्रै भएकाले समाजमा कुनै पनि व्यक्तिले जातका आधारमा अझै पनि विभेद गर्छ भने त्यस्तालाई कानुनी दायरामा ल्याई सामाजीक बहिष्कार तथा कानुन बमोजिमको कार्वाही गर्न नगरपालीकाले कुनै कसुर बाकी नराख्ने दावी गरे ।

कार्यक्रमका विशिष्ट अतिथी रुपन्देही जिल्ला समन्वय समिती सदस्य मञ्जु परियारले २०६३ साल जेठ २१ गतेका दिन सरकाले मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको र यसैको सम्झनामा २०६८ साल जेठ २१ गते देखि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइने गरेको बताईन । संविधानकोे मर्मलाई आत्मसात् गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरी कानुनी सजायको व्यवस्था समेत गरिएको भएता पनि समाजमा जातीय भेदभाव तथा छुवाछुत अझै पनि अन्त्य नभएको भन्दै विभेद अन्त्यका लागि दलितको मात्रै नभई गैरदलित सुमदायको पनि चेतनामा परिवर्तन ल्याउनुपर्र्नेमा जोड दिईन ।

त्यस्तै इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी प्रमुख इश्वर ब. थापाले कानुनले जातका आधारमा कसैलाई काखा र पाखा नगरेको बताए । प्रहरी प्रशासनले दलितका मुद्धा हेरदैन भन्ने नागरिकमा गलत धारण बसेको भन्दै प्रहरी जहिले पनि पिडितमैत्री रहेकाले प्रहरीलाई संका नगर्न आग्रह गरे ।

कार्यक्रममा दलित अधिकारकर्मी नर ब सुनार , सन्तोष परियार ,माया रसाईली , कोपीला बराहा ,जय ब. सार्की ,अनिल पहाडि ,सुस्मा छिनाल,जमुना सुनार ,दुर्गा विक लगाएतले बोल्दै दलित समुदायलाई सरकारले बेवास्ता गरेको आरोप समेत लगाए । नेपालको संविधानले सवै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक,समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समातामूलक समाजको निमार्ण गर्ने संकल्प गरेको भएता पनि कानुन कार्यान्वयन तह फितलो हुदां दलित समुदाय पाईलै पिच्छे विभेदको सिकार बन्नु परेको गुनासो गरे ।

कार्यक्रम संस्थाका अध्यक्ष अम्बिका परियारको अध्यक्षता , कार्यक्रम संयोजक जयलाल बिकको स्वागत तथा महासचिब समुन्द्र नेपालीको सञ्चालनमा सम्पन्न भएको छ ।