माओवादी केन्द्र कुमाखको बैठक सम्पन्न

माओवादी केन्द्र कुमाखको बैठक सम्पन्न

भाद्र १३, सल्यान ।

सल्यानको कुमाख वडा नं ३ मा नेकपा माओवादी केन्द्रको विस्तारित बैठक सम्पन्न भएको छ ।
जनतासंग माओवादी विशेष रूपान्तरण अभियानको सन्दर्भमा भएको प्रशिक्षण सहितको बैठकमा सहभागिले पार्टीको अभियानमा लामबद्ध भएर लाग्ने बताएका छन ।
कार्यक्रमलाई सम्बोधनका क्रममा पार्टीका प्रदेश सदस्य चन्द्र बहादुर रानाले सरकारले सुशासनको क्षेत्रमा चालेका सबै कार्यक्रम ३ महिने अभियानमा जोडिएको बताएका छन ।
उनले सरकारले गरेका राम्रा कामका विषयमा चर्चा गर्न र जनतासम्म लैजानलाई यो अभियान थालिएको र अभियानबाट जनतासम्म पुग्नुपर्ने बताए ।
कार्यक्रमलाई जिल्ला समन्वय समित सदस्य तुलारम बोहरा, पुर्णीमा खत्री लगायतले सम्बोधन गरेका छन ।
कार्यक्रममा सहभागी वडासदस्यहरूले रिपोट राखेका थिए ।
रिपोर्ट राख्नेक्रममा गाउकमिटी सदस्य तथा यसअघि कुमाख ३ वडा सरकारको अध्यक्ष समेत रहेका चित्रबहादुर बुढाथोकीले केहिदिन अघि आफ्ना नाममा स्वतन्त्र भयौ भनेर आएको विज्ञप्तिमा सत्यता नभएको बताए ।
बैठकमा कुरा राख्दै गाउँ कमिटी सदस्य उनले भने: “केहिदिन अघि सामाजिक संजालमा जोडिएको नामका विषयमा मलाई थाहा छैन । मलाई अघिल्लो कार्यकालमा वडाध्यक्ष जिताउने र अहिले वडाध्यक्षका लागि मतदान गर्ने मतदाताको अपमान म बाट हुदैन ।” म यो पार्टी छाडेर अन्यत्र जाने कुरै हुदैन ।

विज्ञापन

त्यस्तै विज्ञप्तिमा आफ्नो नाम जोडिएकोमा दुःख व्यक्त गर्दै झुपलाल रावतले आफू २०५७ सालदेखि पार्टीमा २ रूपैया लेवी बुझाएर संगठनमा जोडिएको अनुभूत पोख्दै भ्रममा नपर्न अनुरो गरेका छन ।

उनले पार्टीको नाम जोडिएका हिरालाल दमाई, राधिका दमाई लगायतका साथीहरू पार्टीमै रहेको बताए ।

भाद्र ७ गते वडा नं ३ का केही व्यक्तिहरूसंग स्वतन्त्र भएको विज्ञप्ति आएको थियो ।
वडाध्यक्ष डण्डविर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन झुपलाल रावतले गरेका थिए ।
बैठकले टोलटोलमा गरिने कार्यक्रमको कार्ययोजना तयार पारेको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता