तीन महिने अभियानले माओवादी नेता, कार्यकतालाई सुध्रने मौका दिनेछ  : नेता पुन

तीन महिने अभियानले माओवादी नेता, कार्यकतालाई सुध्रने मौका दिनेछ  : नेता पुन

बुटवल – नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानकाे बुटवल उपमहानगरपालिकाको नगर समितीको नगर बैठक शुक्रबार सहिद स्मृति प्रतिस्ठानको भवनमा सम्पन्न भएको छ ।

बैठकका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देहीका अभियान ईन्चार्ज गणेशमान पुनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई लक्ष्य, उदेश्य, रणनितिक कार्यक्रम सहित काम गर्न आग्रह गरेका छन । उनले यो अभियान जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान भएकोले यसलाई सान्दर्भिकताका साथ जनताकाे घरदैलाेमा पुग्ने गरी अगाडि बढ्न सबैलाई निर्देशन समेत दिए।
उनले माओवादीले हिजो गरेको आन्दोलनबाट देशको ब्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न तीन महिने अभियान थालेको बताउदै भुईतहका नागरिकको समस्या पहिचान गर्न र समाधानका लागि सम्बन्धित निकायलाई झक्झकाउन सहयोग पुग्ने र  माओवादी नेता कार्यकतालाई सुध्रने मौका दिनुका साथै आगामी दिनमा अगाडि बढ्नका लागि प्रेरणा मिल्ने बताए ।

विज्ञापन

त्यस्तै बिशिस्ट अतिथि लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले
संघियता आए पनि संघियताको मुल मर्म बुझ्न र बुझाउन नसेकेको बताउदै पछिल्लो समय पहिचानका मुद्धाहरु उठिरहेको बिषयलाई जोड दिदै अबका दिनमा स्थानिय जनशक्तिलाई प्रयोग गरी ,रोजगारमुलक कार्यक्रम आयोजना गर्न, देशको आर्थिक क्षेत्रमा परिर्वतन ल्याउन सबै नेता, कार्यकर्ता र जनतालाई उत्पादनमा जोडिन बताए । अध्यक्ष बरालले देशलाई नयाँ ठाउमा लैजाने हो भने नयाँ संकल्प गर्नुपर्ने बताउँदै त्यसको लागी सक्षम, योग्य , पार्टी र लिडरसिप आवश्यक भएको बताए ।

कार्यक्रममा नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य तथा बुटवल उपमहानगरपालिका अभियान ईन्चार्ज नारायणी शर्माले पार्टीलाई बदल्नका लागी रुपान्तरण अभियान ल्याएको बताईन । उनले देशको नेतृत्व गर्न सक्ने पार्टी माओवादि मात्रै भएकाे कारण अव पाटी भित्रपनि परिर्वतन आवश्यक भएको बताईन ।

कार्यक्रममा नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य चक्र ब्यु थापा, रुपन्देही जिल्ला संयाेजक निर्मल जिसि , रिज्जु श्रेष्ठ लगायतले मन्तब्य राखका थिए । कार्यक्रम बुटवलमा उपमहानगरपालिका अध्यक्ष महेन्द्र भुसालकाे अध्यक्षता, नरनारायण घिमिरेको स्वागत मन्तव्य तथा नगर सचिव सागर न्याैपानेको संचालनमा सम्पन्न भएको हो ।