सल्यानमा गठबन्धनका उम्मेदवारहरू विजयी

सल्यानमा गठबन्धनका उम्मेदवारहरू विजयी

मंसीर ८ सल्यान 
सल्यान जिल्ला बाट बाम लोकतान्त्रिक गठबन्धनका तिनै जना उम्मेदवारहरू बिजयी बनेका छन् ।

प्रतिनिधि सभा सदस्य १ र प्रदेश सभा सदस्य २ गरी जिल्ला बाट तीन जना उम्मेदवारहरू बिजयी बनेका हुन ।

विज्ञापन

मंसीर ४गते भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन बाट गठबन्धनका उम्मेदवार प्रकाश ज्वाला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।एकीकृत समाजवादीका नेता समेत रहेका नेता ज्वालाले ३५ हजार ७ सय मत प्राप्त गरि बिजय बनेका हुन यस्तै ज्वालाका प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र वीर रायले १३ हजार २९ मत प्राप्त गरेका छ्न भने नेपाली कांग्रेसको तर्फबाट स्वतन्त्र बनेका राजेन्द्र बहादुर शाहले १९ हजार ७ सय ८९,राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्रलाल श्रेष्ठले २ हजार २ सय ९३, मत प्राप्त गरेका छन ।
नेकपा मालेका भिम बहादुर वलीले १ हजार ५सय ९५, राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकोटाले ३हजार ६सय ९४ र स्वतन्त्र उम्मेदवार जुद्व बहादुर सिंहले २ सय ५ मत प्राप्त गरेका छन

यस्तै सल्यान प्रदेश सभा ( क) मा गठबन्धनका साझा उम्मेदवार भिम प्रकाश शर्मा बिजयी बनेका छन्,नेकपा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले २२ हजार २ सय ४३ मत ल्याएर बिजयी बनेका हुन ।उनका प्रतिद्वन्दी नेकपा एमालेका कुल बहादुर गीरीले १४ हजार २ सय २५ मत प्राप्त गरेका छन् यस्तै प्रदेश सभा (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका,शिव बहादुर ओलीले १हजार ५सय ६४
स्वतन्त्र उम्मेदवार तुले सुनारले २सय ६० र रमेश बुढाथोकी ५सय ३६ मत प्राप्त गरेका छ्न ।

सल्यान प्रदेश सभा ( ख) बाट गठबन्धनका उम्मेदवार सुरेश अधिकारी बिजयी बनेका हुन,अधिकारीले २० हजार ४ सय ८ मत ल्याएर बिजयी बनेका हुन,उनका प्रतिद्वन्दी नेकपा एमालेका नेता गुलावजंग शाहले १६ हजार ८ सय १८ राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण कुमार शर्माले २हजार ५सय ७७ स्वतन्त्र उम्मेदवारहरु अशोक रेउलेले १सय ३८,डण्डबिर पुन १सय १३ र निर्मल सिंहले२सय १५ मत प्राप्त गरेका हुन ।

सल्यान जिल्ला बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ८३ हजार ६ सय ७४ मत खसेको थियो भने ७ हजार ३ सय ६९ मत बदर भएको जिल्ला निर्वाचन आयोग सल्यानले जनाएको छ ।यस्तै सल्यान प्रदेश सभा (क) मा ४१ हजार १ सय ७६ मत खसेको २ हजार ३ सय ४८ मत बदर र प्रदेश सभा ( ख) मा ४१हजार ९सय ६७ खसेको र १हजार ८सय ९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए। समानुपातिकको मत विहिवार बिहान देखिनै  गणना गरिने  बताएकाे छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता