कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कडेल

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कडेल

चैत २७ सुर्खेत

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार मंगलबार नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेसँगै कर्णालीमा कर्णाली प्रदेश सरकारको मुख्य मन्त्रीमा नियुक्त भएका छन।

विज्ञापन

माओवादी केन्द्र संसदीय दलका नेता मुख्य मन्त्री राजकुमार शर्माले चैत २१ गते प्रदेश सभालाइ सम्बोधन गर्दै पदबाट राजिनामा दिए पछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम दुइ दुइ भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको लागि दाबि पेश गर्न दिएको समयावधिको अन्तिम दिन चैत २७ गते कँडेललाई एमालेका १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन सहिततको दावी पेश गरे पछि कडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन।

४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो । जसमा गठबन्धनको पक्षमा २४ जना सांसद छन् ।

प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो । १० पुस २०७९ मा माओवादी–एमालेबीच बनेको गठबन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठीक एक वर्षपछि नेतृत्वसहित सरकारमा जान लागेको हो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता