प्रदेश स्तरीय प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाइ तिन स्वर्ण

प्रदेश स्तरीय प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाइ तिन स्वर्ण

चैत  २७  सुर्खेत

चितवनमा जारी अन्तर प्रदेश स्तरीय प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले एथलेटिक्स विधामा ३ स्वर्ण जितेको छ ।

विज्ञापन

चितवन भरतपुर महानगरपालिका रामपुरमा जारी एथलेटिक्स बिधामा खेलको पहिलो दिन कर्णाली प्रदेशले ३ स्वर्ण ३ रजत र २ कास्य पदक जितेको हो ।

सोमवार भएको खेलमा ८ सय मिटर दौडमा सरिता खड्काले १ स्वर्ण पदक र त्रिपल जम्पमा १ रजत पदक जितिन भने सटफुटतर्फ संगिता अधिकारीले १ स्वर्ण पदक जितिन् । त्यस्तै ४ सय मिटर दौडमा भावना फर्सालले १ स्वर्ण पदक जितिन् ।

हिमाली शाहीले ८ सय मिटर दौडमा १ रजत,अजय बि.क.ले दश हजार मिटर दौडमा १ रजत पदक जिते भने सबिता बुढाले ५ किलोमिटर दौडमा १ कास्य पदक र विकास बि.क.ले १५ सय मिटर दौडमा १ कास्य पदक जिते ।यता व्याडमिन्टन विधामा भने महिलातर्फ टिम इभेन्टमा दिपिका रोकाय र निशा सिंहले कास्य पदक जित्न सफल भइन्

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता