कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित

कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित

बुटवल –रुपन्देहीको बुटवल–१२ की सावित्रा रेग्मीलाई हिजोआज भ्याईनभ्याई छ । रेग्मी आफु मात्रै ब्यस्त छैनन् गाउँका ६ जना महिलालाई पनि उस्तै चटारो छ । सिद्धबाबा तरकारी उत्पादक कृषक समुहबाट रेग्मी सहितको समूहले २ विगाहा जमिन भाडामा लिएर सामूहिक खेती गर्छन् । बुटवल उप–महानगरपालिकाले कृषि व्यवसाय प्रबवद्र्धन ऐन २०७४ पारित गरि कार्यान्वयनमा ल्याएपछि जग्गा नहुनेहरु पनि जग्गा भाडामा लिएर सामूहिक खेती गर्न थालेका हुन् । कृषिको व्यावसायिक उत्पादन, खरिद, विक्री, सञ्चय र बजारीकरणका लागि उपमहानगरले सहजीकरण गर्ने, अनुदान र प्रोत्साहन र सामूहिक खेती प्रोत्साहन गर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।

विज्ञापन

विगत ५ बर्षदेखि सामूहिक तरकारी उत्पादन गर्दै आएको सिद्धबाबा तरकारी उत्पादक कृषक समूहले बुटवलको ऐनका कारण जग्गा भाडामा सहुलियत र अनुदान पाएको रेग्मीले बताईन । ‘स्थानीय सरकारले खेतीका लागि प्रोत्साहन गरेको छ’ उनले भनिन –‘उपकरण समेत सहयोग पाउँदा उत्पादन गर्न सजिलो भएको छ । ’ व्यबसायीक सामुहिक कृषि खेती गर्न शुरु गरेसंगै बुटवल–उपमहानगरपालिकाले कृषिमा आधुनिकिकरणका लागि (मिनी टेलर) अर्थात हाते ट्याक्टर, धान काट्ने ¥यापर,थोपा सिचाई, ग्रिन हाउस निमार्ण ,जग्गा संरक्षरणका लागि तार तारजाली लगाएतका अन्य औजार र उपकरण प्रदान गरेको रेग्मीले बताईन ।

स्थानीय सरकारले कृषिमा बनाएको ऐनका कारण सामूहिक कृषिमा आर्कषित हुने मध्येको अर्को समूहको नाम हो, बुटवल–१५ सिर्जना टोलमा रहेको जागरुक बहुउद्देश्यीय कृषक समुह । ३५ वर्षदेखि घरपरिवारको जिविका कृषिबाटै गरेपनि व्यवसायिक उत्पादन गर्न नसकेकोमा स्थानीय सरकारको नीतिले कृषिमा आर्कषित गराएको बुटवल १५ का बालकृष्ण उपाध्याय बताउँछन । उपाध्याय २०७६ सालदेखि समूहमार्फत १० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएको उनले बताए । समूहका उपाध्यक्ष समेत रहेका उपाध्यायले उपमहानगरले ऐन मार्फत अनुदान र प्रोत्साहन गरेकाले सामूहिक खेतीमा लागेको बताए । यो समुहलाई पनि उपमहानगरपाकिाबाट हाते ट्याक्टर (मिनी टेलर),स्प्रे मेसिन,थोपा सिचाई लगायतका कृषि औजार अनुदान प्राप्त भएको थियो ।

आर्गनिक कृषि तथा पशुपन्छि फामका सञ्चालक रामनाथ उपाध्यायले विगत १५ बर्ष देखि आफनो स्वामित्वमा रहेको १३ कठ्ठा र लीजमा १३ कठ्ठा लिएर २६ कठ्ठा जमिनमा कृषि खेती गर्दै आएका छन् । उनको फाममा मकै, आलु ,सिमी ,गोपी,टमार लगाएत सिजन अनुसारका तरकारी तथा धान समेत उत्पादन हुन्छ ।
चामलको भात खाने रहरमा कृषि पेशामा आर्कषित बनेको भन्दै अहिले व्यवसायिक कृषक बनेको उनको अनुभव छ । कृषि पेशा बाटै परिवारको जिविका चलाएर केहिलाई रोजगारी दिनुका साथै केहि रकम बचत गर्न सम्भव भएको बताए । उनले सिजन अनुसारका तरकारी खेतीमा रसायनिक मल प्रयोग नगरि सधै प्राङ्गारिक मल प्रयोग गर्ने गरेको उनको दावी छ । त्यस्तै विरुवाहरु उत्पादन गरि सहकारी ,टोल ,गाउं हुदै छिमेकी जिल्लाहरुमा समेत निर्यात गर्ने गरेको बताए ।
उपाध्यायले उत्पादन भएको तरकारीले बजार पाएता पनि बजारमा अनुसार कृषकको लगानी र मेहनत अनुसार भने मुल्य नपाएको गुनासो गरे । पछिल्लो समय नगरपालीकाले कृषकका गुनासो सुनी राहात हुने गरि केही प्याकेजमा कार्यक्रम ल्याएको बताए ।
उनि भन्छन् ‘कृषि पेशामा आवद्ध भएको लामो समय पछि मेरो मेहनतको मुल्याङ्कन गर्दै उपमहानगरपालीकाले विरुवाका बेर्ना उर्मान घर बनाउनका लागि २० हजार , तोरीको विउ ६ हजार ,पशु गोठ मर्मतका लागि ३५ हजार सहयोग दिएको छ । ’केही बर्ष यता बजारमा खेत जोताउने ट्याक्टरको मुल्य ह्वात्तै बढेका कारण किसान मर्कामा परेका छन् । किसानले उत्पादन गर्ने खोती योग्य जमिनका आधारमा हाते ट्याक्टरका साथै विभिन्न उपकरणहरु दिएमा खेती गर्न सहज हुने बताए ।
उपाध्यायले आफु संगैका साथीभाई सरकारी जागिर हुंदा आफु कृषक बन्दा धेरैले खिसिटिउरी गर्ने गरेको भए पनि आफनो मेहनत र परिवारको सहयोगका कारण यो पेशामा सफल हुन सम्भव भएको भन्दै अव पालीकाले सहयोग गरेमा गड्यौला उत्पादन गरि आफुले संगै अन्यलाई पनि मलका रुपमा प्रयोग गर्ने गरर्याउने योजनामा रहेको बताए ।

बुटवल १४ का रामनाथ मालीले आज भन्दा १६ बर्ष अगाडिबाट ७ विघा जग्गामा रवि दुध तथा आर्गनीक फर्म सञ्चालनमा मकै, टमाटर ,सिमी, बोडी, करेला ,भिण्डी ,पर्वल, बन्दागोपी ,मुला ,गाजर लगाएतका तरकारी उत्पादन गरिरहेका छन् ।बार्षिक ३० लाख बराबरको कारोवार हुने गरेको फर्ममा दैनिक ६ जनाले रोजगारी पाएका छन् । मालीलाई उत्पादन गरेको कृषि सामाग्रि बेच्नका लागि बजारको कुनै अभाव छैन् किनकी उनले उत्पादन गरेको तरकारी सहजैरुपमा बुटवल जैविक उपज सहकारी संस्था लिमिटेडले खरिद गरि उचित मुल्य दिने गरेको बताए ।
स्थानीय पालीकाले कृषिमा आधारित रहेर विभिन्न शिर्षकमा बजेट विनियोजन गरेता पनि भुई तहका कृषकले त्यसको उपभोग गर्न नपाएको गुनासो गरे ।कृषि पेशालाई हेयको नजरले हेरिदा र उचित किसिमको संरक्षण नहुंदा किसानहरु कृषि पेशाबाटै पलाएन हुने गरेको बताउछन् ।
उनि भन्छन् ‘पालिकाले नै पकेट क्षेत्र भनेर घोषणा गरेकै कतिपय क्षेत्रहरुमा सिचाईको सुविधा छैन र भएका टाउंमा पनि पालो कुर्दा हप्तै वित्छ त्यसैले पनि सिचाई संगै कृषिका लागि आवश्यक औजारहरु उपलव्ध गराईदिए राम्रो हुन्थ्यो । अनुदानका नाममा टुक्रे बजेट कनिका जस्तै बाडिदा किसानलाई नै घाटा लाएको छ ।त्यसको सट्टा बार्षिक रुपमा कम किसानलाई पैसा भन्दा पनि कृषि सामाग्रि उपलव्ध गर्याउने हो भने किसानलाई राहात हुनेछ र हाईन भने खासै त्यसको प्रभावकारीता देखिदैन् ।’

किसानलाई प्रत्यक्ष लाभ पु¥याउने गरि कृषि व्यवसाय प्रबवद्र्धन ऐन २०७४ मा आधारित रहेर कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि ,समुह गठन तथा परिचालन निर्देशिका र कृषि योग्य भूमि व्यवस्थापन कार्यविधि निर्माण गरि ‘कृषिमा उत्पादकको माग, नगरको साथ, कृषि विकासमा के पाइन्छ होइन के चाहिन्छ’ भन्ने वार्षिक नीति अनुसार मागमा र उत्पादनमा आधारित योजना सहित कार्यक्रम सञ्चालन गरेको बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत सन्तोष जी.सीले बताए । नगरले कृषकको चाहाना र आवश्यकता अनुशार प्रस्ताव पेस भए पछि छनोट समितीको निर्णय बमोजीम उपकरण वितरणमा ५०÷५० प्रतिशतको अवधारणा अघि सारेको छ भने उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत कोशेबाली, तेलहन, पुष्प खेती, पिडालु, प्याज, तथा मौरीपालन तथा मागका आधारमा धान र गहुँको मूल बीउ उत्पादन तर्फ अनुदान समेत दिदै आएको छ ।

बुटवल नगर भित्र १५७४ हेक्टर सिंचित खेतीयोग्य जमिन,असिंचित खेती योग्य १ हजार ३ सय ८७ हेक्टर जमिन रहेको छ । नगरमा रहेका १९ वडा मध्ये वडा नम्बर ११, १२, १३ ,१४, १५, १६, १७ ,१८ र १९ वडामा कृषि खेती हुने गरेको छ । धान ,गहुँ, मकै, तरकारी, र फलफुल , केरा ,खाद्यान्य बाली र मौरी पालन लगायतका उत्पादन हुने गरेको छ । त्यस्तै १,२,३,४,५,६,७,८,९,१० वडा नम्बरमा भने कौसी तथा करेसाबारी तरकारी उत्पादन क्षेत्र छुट्याएको छ ।त्यस्तै आ.व २०८०⁄०८१ को कुल बजेटको ८० प्रतिशतको काम भैसकेको भन्दै वाकी रहेको काम बैशाख मसान्त भित्र सक्याउने जि.सीले बताए ।


बुटवल उप–महानगरपालिकाका उपप्रमुख सावित्रा देवीे अर्यालले बुटवललाई कृषिमा आत्म निर्भर बनाउनका लागि पालीकाले विभिन्न योजनाहरु ल्याएको बताईन । पछिल्लो समय विभिन्न बिषादियुक्त खानेकुराको प्रयोगका कारण हरेक जीवित प्राणीमा नकरात्मक असर पारेको भन्दै प्राङ्गारिकमलको प्रयोग संगै आर्गनिक उत्पादनमा जोड दिएको दावी गरिन ।

बुटवल उपमहानरापलिकाका प्रमुख खेलराज पाण्डेले नगरमा किसानको समस्या समाधानको लागि किसानको माग आवश्यकता के हो भन्ने विषयमा किसानबाट नै सल्लाह, सुझाव लिएर सोही अनुसार कार्यान्वयन गर्दै आएको बताउँछन् । पाण्डेका अनुसार आफु नेतृत्वको स्थानीय सरकार बने संगै समानता ,स्वाभिमान र अवसर, बस्न योग्य बुटवल सहर भन्ने नारालाई अगाडि बढाई नयाँ संवैधानिक व्यवस्था अनुसार नयाँ ऐन कानून निर्माण गर्ने र वडाहरुलाई सेवा केन्द्रका रुपमा विकास गर्ने गरि अघिल्लो सरकारले गरेका राम्रा कामलाई प्राथमिकता दिदै बुटवललाई अन्य पालीकाहरु भन्दा अव्वल बनाउनका लागि कुनै कसुर वाकी नराखेको बताए ।