शिद्धेश्वर लालकुमारी माविमा सरस्वती पुजा

शिद्धेश्वर लालकुमारी माविमा सरस्वती पुजा

 

शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्दै बुटवल उपमहानगरपालिका वडा वडा नं ७ मा अवस्थित शिद्धेश्वर लालकुमारी माविमा बुधबार विद्याकी देवी सरस्वतीको पूजा आराधना, मूर्तिको प्राण प्रतिष्ठा र अक्षरारम्भ गरिएको छ।

विज्ञापन

सम्पूर्ण विद्यार्थी र विद्यालय परिवारका लागि सरस्वती माताको कृपाले‌ सबैलाई ज्ञान र सद्वुद्धि प्राप्त होस् भन्ने मनोकामनासाथ सरस्वतीको पूजा आराधना गरिएको शिद्धेस्वर लालकुमारी मावि का प्रचार्य दिनानाथ गिरीले बताए । गिरीले विद्यालयको शैक्षिक स्तरोन्नति गरि शैक्षिक गुणस्तरका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन गरिएको बताउँदै कक्षा ४ सम्मका बिधार्थीलाइ स्मार्ट टि भी बाट सिकाइने र ५ बाट माथिका बिधार्थी हरुलाइ प्रोजेक्टरबाट सिकाईने भएकाले
विद्यार्थीहरुलाई प्रविधिमैत्री वातावरणमा अध्यापन गराईरहेको जानकारी दिए । विद्यालयको भौतिक तथा शैक्षिक व्यवस्थापनका लागि आवश्यक भौतिक संरचनाको निर्माण र विद्यार्थीहरुको शैक्षिक स्तरोन्नतिका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन गरिएको विद्यालय व्यवस्थापनका अध्यक्ष सागर प्रसाद न्यौपानेले बताए ।


पूजामा विद्यालयका विद्यार्थी , शिक्षक शिक्षिका, प्राचार्य , विद्यालय व्यवसथापनका अध्यक्ष लगाएत अन्य पदाधिकारी र शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो।