ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सैनामैनामा  दलित समुदायका लागि कानुनी परामर्श तथा सशक्तीकरण तालिम सुरु

सैनामैनामा दलित समुदायका लागि कानुनी परामर्श तथा सशक्तीकरण तालिम सुरु

सैनामैनामा दलित समुदायका लागि कानुनी परामर्श तथा सशक्तीकरण तालिम सुरु भएको छ । सैनामैना दलित उत्थान समितिको आयोजना तथा सैनामैना नगरपालिकाको समन्वयमा शुक्रवारदेखि दुई दिने कानुनी परामर्श तथा सशक्तीकरण तालिम सुरु भएको हो ।
सैनामैना दलित उत्थान समितिका अध्यक्ष अम्बिका परियारको अध्यक्षता सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा उपप्रमुख विना रानाको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।


सो अवसरमा सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले पछाडि परेका दलित समुदायको हक, अधिकार र समग्र उत्थानका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
दलित समुदायको हक, हित, संरक्षण, संम्वद्र्धन र सशक्तिकरण गर्न नगरपालिकाले कार्यक्रम तथा बजेट विनियोजन गरी यो समुदायको पेशा, व्यवसाय र कलाको उत्थानमा अघि बढेको बताउनुभयो ।
नेपालमा अन्धविश्वास तथा सामाजिक कुसंस्कारका कारण दलित समुदायमाथि भेद्भाव र हिंसाजन्य घटना घटिरहेको हुन्छन् यस्ता कुरीतिलाई अन्त्य गर्न स्वंयम यो समुदाय नै सक्रिया भएर अघि बढ्नुपर्ने नगर प्रमुख शर्माले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, आर्थिक अवस्था कमजोर भएकै कारण दलित समुदायका व्यक्तिहरु विभेदको सामना गर्नुपर्ने बाध्यता छ, यो समुदायमाथि हुने विभिदे न्युनिकरण गर्न र उनीहरुको आर्थिक अवस्था सुधारका कार्यक्रम पालिकाले संचालन गर्दै आएको जानकारी गराउनुभयो । प्रमुख शर्माले सीप, कला र श्रममा यो समुदाय अघि रहेकोले पेशा व्यवसायमा अनुदान, सीप, कलाको संरक्षण र प्रोत्साहनका लागि आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिदैँ जाने बताउनुभयो ।

विज्ञापन


नगर उपप्रमुख विना रानाले संविधानले छुवाछुत र भेद्भावलाई निरुत्साहित गरेको भएपनि समाजमा यस्ता गतिविधि अझै पनि कायम रहेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले यो समुदायको उत्थानका लागि नगरपालिकाले क्षमता अभिवृद्धि, आयममुलक तालिम र सचेतनाम्लक कार्यक्रमहरु गर्दै आइरहेको बताउँदै दलित समुदायका महिला दिदीबाहिनीहरु जुनसुकै काम गर्न पनि दृढताका साथ लागेर सक्षम र आत्मनिर्भर बन्नुपर्ने जोड दिनुभयो ।

अधिवक्ता गौमती सुनारले दिनुभएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै सुनारले महिला तथा दलित समुदायमाथि हुने गरेका विभिन्न किसिमका हिंसाको जानकारी दिदै ती हिंसाबाट कसरी जोगिने, कानुनी उपचार के कस्तो हुनसक्छ भन्ने बारेमा जानकार र सचेत बनाउनुभयो ।

भगत सर्वजित स्मृती प्रतिष्ठान सैनामैना ५ कलौनीको सभाहलमा तालिम संचालन भैरहेको छ ।