तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षण पत्र

तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षण पत्र

 

सैनामैना- सैनामैना कपडा तथा सिलाई व्यवसायी समिति रुपन्देहीले तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।सैनामैना कपडा तथा सिलाई व्यवसायी समितिका अध्यक्ष सन्तोष परियारको नेतृत्वमाृमा बुधवार सैनामैना नगारपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालाई तीन बुदे माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

विज्ञापन

पत्रमा नेपाल सरकारले निर्देशन गरे अनुसार सार्वजानिक स्कुल वा कलेजमा नेपाली कपडाको प्रयोग गर्ने गराउने, टेन्डर (कोटेशन) प्रक्रियाबाट हुने गरेको सिलाई कामको खरेजी गरी सो स्फुर्ट रुपमा सिलाउन पाउनुपर्ने र नगरपालिका भित्र भैरहेको साईकल, रिक्सा वा मोटरसाईकल तयारी पोशाक बिक्री वितरण भईरहेको व्यापारलाई कानुन बमोजिम कर्बाही गर्नुपर्र्ने माग गरिएको छ ।

कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासायी भएको बेला व्यवसायले गति लिन नसक्दा घर सटर भाडा, कर्जा लिएका लघुवित्त र बैंकहरुको व्याज तिर्न नसक्दा व्यवसायीहरु धमाधम सटर वन्द गरेर पलायन हुने अवस्था आएको संघका अध्यक्ष सन्तोष परियारले ध्यानाकार्षणपत्र बुझाउँदै दुःख व्यक्त गर्नुभयो ।
नेपाल सरकारले पोशक नेपाली कपडाबाट सिलाउन निर्देशन दिएपनि सरकारी, गैरसरकारी स्कुल, क्याम्पस, बैंक वा सार्वजनिक क्षेत्रमा युनिफर्म (विद्यार्थीहरुको ड्रेस) मनपरी स्कुल प्रधाानाध्यापक, अध्यक्ष वा सम्बन्धित व्यक्तिहरुबाट कमिसन र मनपरी ढङ्गबाट काम गर्ने गरेको जानकारी दिनुभयो ।
उहाँले व्यवसाय दर्ता विनै व्यवसायी साईकल, रिक्सा वा मोटरसाईकलमा रेडिमेट कपडा बिक्री वितरण भईरहेको हुदाँ वस्ताविक व्यापारी मारमा परेको बताउँदै पालिकाले आवश्यक निगरानी र त्यस्ता व्यापारलाई कानुन बमोजिम कर्बाही गर्नुपर्र्ने माग गर्नुभयो ।


दलित समुदायको पुर्खौली पेशा व्यवसायलाई संरक्षण र संवद्धन गर्न तीनै तहको सरकारले बजेट विनियोजन गर्नु पर्ने र नगरपालिकाबाट व्यवसायीक तालिमको आयोजना गरि सिलाई व्यवसायी क्षेत्रका समस्यालाई सम्बोधन गर्न संस्थाका सल्लाहकार तथा सैनामैना दलित उत्थान समितिका अध्यक्ष अम्बिका परियारले आग्रह गर्नुभयो ।

व्यवसायीहरुको एकता, आजको आवश्यकता भन्ने नारा सहित स्थापित सैनामैना कपडा तथा सिलाई व्यवसायी समिति रुपन्देहीमा १९० व्यवसायी दर्ता भई संचालनमा रहेका छन भने ४५० जना प्रत्यक्ष रोजगार पाएका छन् ।