सैनामैना जेसीजको अध्यक्षमा ज्ञवाली निर्वाचित

सैनामैना जेसीजको अध्यक्षमा ज्ञवाली निर्वाचित

सैनामैना जेसीज वर्ष २०२४ को अध्यक्षमा शिशिर ज्ञवाली निर्वाचित भएका छन् । शनिबार सम्पन्न जेसीजको आठौ अधिवेशनबाट वर्ष २०२४ का लागि अध्यक्षमा शिशिर ज्ञवाली निर्वाचित भएका हुन् । ज्ञवाली वर्ष २०२३ को महासचिवमा रहेर काम गरेका थिए ।
संस्थाको कार्यकारीणी उपाध्यक्षमा कृष्ण भण्डारी र अभिनय घिमिरे निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त रामचन्द्र ढकालले जानकारी दिए।
यस्तै उपाध्यक्षमा किरण थापा, जमुना पौडेल र प्रवेश रेग्मी सचिब प्रकाश भण्डारी र सह–कोषाध्यक्षमा ओमप्रकाश भट्टराई सर्वसम्मत चयन भएका छन् ।
महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्षले पछी मनोनीत गर्नेछन् ।
नवनिर्वाचित अध्यक्ष भएपछि ज्ञवालीले धन्यवाद व्यक्त गर्दै युवाहरुको नेतृत्व विकासलाई मुख्य प्राथमिकता राख्दै संस्थालाई अझ उत्कृष्ट र परिस्कृत बनाउन लागी पर्ने प्रतिबद्दता समेत व्यक्त गरे ।

विज्ञापन