सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

रुपन्देहीको सैनामैना-३ मा रहेकाे सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ औं बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे भब्य समारोहका साथ मनाएको छ । बार्षिकाेत्सवको प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले शिक्षा नै विकासको मुख्य आधार भएकोले गुणस्तरिय तथा व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो ।
गृहमन्त्री पाण्डेले भन्नुभयो,उत्कृष्ट अंकका ल्याएर उत्तीर्ण हुनु मात्र शिक्षा प्राप्ति हुँदैन, प्राप्त गरेको शिक्षामा संस्कार हुँदैन भने त्यो शिक्षाको कुनै महत्त्व हुँदैन, तसर्थ शिक्षकले नयाँ ढंगबाट नैतिक संस्कार र सिपयुक्त सिकाई सिक्ने र सिकाउनु पर्ने भनाइ राख्नुभयो ।
अहिलेको प्रतिस्पर्धात्मक समयको आवश्यकता र गतिशीलतासँगै अघि बढ्न सक्ने किसिमको जनशक्ति निर्माण गर्न शैक्षिक सिकाई बिना सम्भव नहुने भन्दै उहाँले प्राविधिक सिप सिकाईसँगै प्रतिष्पर्धात्मक शिक्षा दिनुपर्ने बताउनुभयो ।
उहाँले फरक प्रसाङ्गमा भन्नुभयो लुम्बिनी प्रदेशले कृषि र पर्यटनसंगै शैक्षिक हबको केन्द्र बनाउने योजनाका साथ प्रदेश सरकार अघि बढेकाे छ ।
प्रदेशका उत्कृष्ट विधालय छनाेट गरि भौतिक तथा शैक्षिक विकासका लागि कार्यविधि बनाएर काम गरिरहेको जानकारी गराउदै लुम्बिनीलाई शैक्षिक हब निर्माण गरेर विश्वमा शिक्षित प्रदेशको रुपमा चिनाउने कार्यमा आफु र प्रदेश सरकार लागेको बताउनुभयो ।
विधालयका संस्थापक अध्यक्ष नरहरि अर्यालले स्कुलले स्थापनादेखि नै उत्कृष्ट नतिजा दिदैँ आएको जानकारी गराउदै प्राविधिक शिक्षातर्फ नगरपालिकाले विशेष ध्यान दिनुपर्ने जोड दिनुभयो । उहाँले कृषि, ईन्जिनियरिङ सम्बन्धि प्राविधिक विषय अध्ययन गर्न बाहिरी पालिका जाने परिपाटीको अन्त्य गरि यहाँका बिद्यार्थीलाई सैनामैनामै पढाउने खालका योजना ल्याउन विधालय र स्थानीय पालिकाले पहल गर्न जरुरी रहेको बताउनुभयो ।
सैनामैना ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले शिक्षा क्षेत्रको विकासमा निजि र सामुदायिक विधालयको भुमिका एउटै भएकाले सरकारले दुबै क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जोड दिनुभयो ।
सैनामैना ३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले सुनगाभा स्कुलले राष्ट्रमै सैनामैनालाई परिचित गराउन ठुलाे योगदान पुर्याएकोमा निजि र सरकारी विधालयको विकासलाई संगसङै अगाडी बढाउन सरकारले निति बनाउनुपर्ने बताउनुभयो ।
बिधालयका प्रधानाध्यापक तिलब के.सीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वि.सं. २०५३ सालमा स्थापना भएको सुनगाभा पब्लिक स्कुलमा हाल १ हजार ९ सय विद्यार्थीहरु अध्ययन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विधालयका संस्थापक अध्यक्ष, संस्थापक प्रधानाध्यापक, शिक्षक, उत्कृष्ट नतिजा ल्याउने भुतपुर्व विद्यार्थी, कर्मचारी तथा विद्यालयले संचालन गरेका विभिन्न कार्यक्रमहरुमा उत्कृष्ट स्थान हाँसिल गर्ने विधार्थिहरुलाई पुरस्कृत एवं सम्मान गरिएको हो ।
यस्तै विधालयले ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई पनि विशेष सम्मान गरेको थियो भने मुल समारोहमा विधार्थिहरुले विभिन्न कविता, गित, नृत्य, नाटकहरु प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम गरिएको हो ।
वार्षिकोत्सवकै अवसरमा विद्यालयमा फुड फेस्टिवल तथा विद्यार्थीद्वारा निर्माण गरिएका विज्ञान प्रविधि तथा आई टी सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।
कार्यक्रम विधालाय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षता, विधालयका निवर्तमान अध्यक्ष लक्ष्मी जोशीको स्वागत तथा विधालयका सह-प्राचार्य कमलचन्द्र पौडेलको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।

विज्ञापन