रुपन्देही-गुल्मी सम्पर्क समन्वय समितिकाे प्रथम भेला सम्पन्न अध्यक्षमा : डा.खनाल
- ई प्रतिबिम्ब
- २०८० पुष ८
- 518 views
नेपाल कम्युनष्ट पार्टी ( माओवादी केन्द्र ) रुपन्देही-गुल्मी सम्पर्क समन्वय समितिकाे प्रथम भेला सम्पन्न भएको छ । शनिबार बुटवलमा भएकाे भेलाले डा.कृष्ण खनालकाे अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ । नव गठित पदाधिकारीहरु गुल्मीका सबै स्थानिय तहबाट समेटेर चयन भएका छन। सचिव हरि पाैडेल सर्वसम्मत चयन भएका छन भने १७ सदस्यीय सचिवालय गठन भएकाे छ ।
कार्यक्रमलाई संबाेधन गर्दै प्रमुख अतिथि तथा पार्टीका स्थायी कमिटी सदस्य गणेश मान पुनले नव गठित समितिले जनताका मुद्दाहरुमा नजिकबाट नियाल्ने र बिशेष निगरानी बढाउने बहस गर्ने सगैँ आवश्यक सहजीकरण गरी पार्टीलाई सहयाेग गर्ने खाल्को बलियाे समिति बनाउन निर्देशन दिए । उनले भने यस समितिले पार्टी र दुई जिल्लालाई जनतासंग जाेड्ने पुलको काम गर्न र जनपक्षीय काम गर्न समेत सुझाव दिए।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि रुपन्देही जिल्ला संयाेजक निर्मल जिसिले समिति निर्माण गर्नुको उद्धश्य माथी प्रकाश पार्दै रुपन्देही र गुल्मीको पार्टि सगँ समन्वयकारी भुमिका बढाउने यस समितिको मुख्य काम रहेको बताए। उनले भने गुल्मीकाे बिभिन्न कला संस्कृतकाे पनि जगेर्ना गर्ने र गुल्मिको पहिचानलाई पनि प्रचार गर्ने पनि याे समितको भुमिका हुनेछ । जिसले भने पार्टीका समर्थक र शुभचिन्तक लगायत सबै छुटेका साथीहरुलाई पार्टीमा जाेड्ने र कोही पनि साथीहरु कमिटी बिहिन नहुन भन्ने उद्धश्यले रुपन्देहीकाे पार्टिले याे समिति गठन गरेको हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) निकट गुल्मीमा घर भई हाल रुपन्देही जिल्लामा बसाई सराई गरी आएका र मतदाता नामावली पनि रुपन्देहीमै रहेकाहरु मात्रै उक्त समितिमा आवद्ध रहेका छन । बिभिन्न क्षेत्रको नेतृत्व गरिरहेका नेतृत्व पङ्क्ति सबैलाई समेट्ने गरी पार्टिलाई सहयाेग गरेका बिभिन्न पेशा व्यवसायमा संलग्न सबैलाई जाेड्ने गरी समिति गठन गरिएकाे साेहि कार्यक्रमका आयाेजक तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य रिज्जु श्रेष्ठले बताईन । श्रेष्ठले भनिन नव नवगठित समिति रुपन्देही पार्टिको बलियाे खम्बाकाे रुपमा उभिनेछ र रुपन्देहीकाे पार्टी सगँ समन्वय गरी सहकार्य गर्नेछ ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्