जनकल्याण मा.विको ४१ औै वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका मनाइयो

जनकल्याण मा.विको ४१ औै वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका मनाइयो

रुपन्देहीको सैनामैना ६ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयले ४१ औै वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।

सोमबार विद्यालयमा आयोजित मूल समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोख्रेलको अध्क्षता तथा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।

विज्ञापन

सो अवसरमा बोल्दै सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले जनकल्याण माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा प्रदान गर्दै सैनामैनाको विकासमा सामुदायिक विद्यालयले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको नगर प्रमुख फणेन्द प्रसाद शर्माले सैनामैनामै पहिलो र फरक विद्यालय जनकल्याण विद्यालयले कानुन विषयमा अध्यापन गराउँदै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भुमिका खेलेकोमा प्रशांस गर्नुभयो ।
बदलिँदो समयसँगै वंैज्ञानिक र व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै विद्यालयले विद्यार्थीहरुलाई नैतिक संस्कार र संस्कारयुक्त जीवनउपायोगी शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण माध्यम रहेकोले सैनामैना नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिक र भौतिक उन्नतिका लागि नगरपालिका दिर्घकालिन योजनाका साथ अघि बढेको बताउनुभयो ।
पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावक र विद्याथीहरुको विश्वास र अकर्षण बढ्दै गएको र सरकारी विद्यालयमै आफ्ना बालबालिका पढाउने गरेकोमा मेयर शर्माले खुशी व्यक्त गर्नुभयो । उहाँले ११ र १२ कक्षामा सैनामैनाका सामुदायिक विद्यालय जनकल्याण मा.वि.मा कानुन विषय, सैनामैना पर्रोहा परमेश्वर मा. वि.मा प्राविधिकतर्फ विज्ञान संकाय र पशुपति मा.वि.मा इलेक्ट्रिक इन्जिनियरिङ्ग सम्बन्धि जीवनउपायोगी विषयमा अध्ययपन भैरहेकोले यहाँका विद्यार्थीहरुलाई अन्यत्र जना नदिई सैनामैनाकै विद्यलायमा पढाउने वातावरण बनाउनुपर्ने बताउँदै सबैपक्षको साथ र सहयोगले मात्र सैनामैनाको शैक्षिक विकास सम्भाव हुने धारणा राख्नुभयो ।

सैनामैना नगरपालिका निवर्तमान मेयर चित्र बहादुर कार्कीले विकास र समृद्धिको प्रमुख सूचक गुणस्तरीय शिक्षा रहेको बताउनुभयो । उहाँले विश्वको विकासित मुलुक सरकारी स्कुलको शिक्षाले नै विकासित र समृद्ध बनेको उल्लेख गर्दै जनताको सहज पहुँच सरकारी विद्यालयमा पुग्ने हुनाले सरकारले शिक्षामा लगानी बढाएर गुणस्तरीय र प्रतिस्पर्धात्मक दक्ष जनशक्ति उत्पदानलाई प्राथामिकता दिनुपर्ने जोड दिनुभयो ।
निजि स्कुलमा आम जनताको सहज सहभागिता नपुग्ने हुनाले सरकारी स्कुललाई दक्षिण एसियामै प्रतिस्पर्धात्मक राम्रो र गुणस्तार शिक्षा बनाउनेतर्फ सोच्नुपर्ने बताउनुभयो ।
उहाँले आफू मेयर हुदाँ सैनामैनाको शैक्षिक विकासका लागि सरकारी विद्यालयको भौतिक र शैक्षिक सुधार गर्न शिक्षकहरुलाई प्राविधिमैत्री तालिम, कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, प्रिन्टर वितरण, सामुदायिक तथा निजि विद्यालयको गुणस्तर सुधार परीक्षण, उत्कृष्ट विद्यालय प्रधानाध्यापक र विषय शिक्षक सम्मान कार्यक्रमले विद्यालयको सिकाई उपलब्धि स्तरवृद्धि सुधार गर्दै शिक्षा क्षेत्रको विकासमा आयाम थपेको बताउदैँ सो योजनालाई नगरपालिकाले निरन्तरता दिदै अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

शिक्षा समन्वय एकाइ प्रमुख माधव प्रसाद बन्जाडेले जनकल्याण मा.वि.ले शैक्षिक गुणस्तर सुधार गर्दै नगर र जिल्लास्तरमा उत्कृष्ट नतिजा दिएर अब्बल सबित भएकोमा बधाई तथा थप शैक्षिक सफलताको शुभकामना दिनुभयो ।
सैनामैना नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथामिकता दिएर शैक्षिक विकास सुधारमा थालेको प्रयास सकारात्मक रहेको भन्दै पालिकालाई नगर शिक्षा निति र डकुमेन्ट बनाएर अघि बढ्न सुझाव दिनुभयो । नगरपालिकाले विद्यार्थी संख्या, विद्यालयको भुगोलका हिसाबले नक्सङ्कन गरि विद्यालय समायोजन र शिक्षक दरवन्दी मिलान गर्न साँझा डकुमेन्ट तथा पोलिसी बनाउनुपर्ने बताउनुभयो ।
प्रमुख बन्जाडेले शिक्षक र विद्यालयको हिसावले जिल्लामा दरवन्दी व्यवस्थापन गर्न नसक्नु दु:खद रहेको बताउँदै शिक्षा विभाग र मन्त्रलयहरुसँगको छलफलमा शिक्षक दरवन्दी थप्नुपर्ने विषयमा निति बनाउनुपर्ने, जहाँ विद्यालय धेरै छन् त्यहाँ शिक्षक दरबन्दी पठाउनुपर्ने बहस र माग गर्दै आइरहेको बताउनुभयो ।

विद्यालयका सल्लाहकार एवम् सैनामैना ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीले सामुदायिक विद्यालयको शैक्षिक विकास गर्न शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सरोकारवला सबैको सहकार्य आवश्यक रहेको औल्याउनुभयो ।
मानव अधिकार तथा शान्ति समाज नेपालका पूर्व सभापति गोविन्द खनालले सुचना संचार तथा प्रविधिको नयाँ युग अनुसारको शिक्षा दिनुपर्ने जोड दिनुभयो ।

बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले भन्नुभयो अहिलेको युग परिवर्तनको युग हो, शिक्षकले शिक्षणकलालाई परिस्कृत गर्दै समयानुकूल विद्याथीहरुको माग, रुची, चाहना र क्षमता अनुसार जीवनउपयोगी सिकाई सिक्ने र सिकाउनुपर्ने सुझाव दिनुभयो ।

विद्यालय र विश्वविद्यालयहरुले शैक्षिक गुणस्तर नसुधारेसम्म विद्यार्थी विदेशीने क्रम नघट्ने हुदाँ नेपालमै दक्ष जनशक्ति टिकाउन राज्यपक्षले सोच्नुपर्ने बेला आएको सहीद नारायण पोख्रेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापाले धारणा राख्नुभयो ।

नेपाली काँग्रेस सैनामैना नगर सभापति रण बहादुर खनाल, नेकपा माओवादी केन्द्र सैनामैना अध्यक्ष नारायण महत, राष्ट्रिय स्वतन्त्र पाटी सैनामैना सभापति राज बहादुर क्षेत्री, विद्यालयका संस्थापक प्रधानाध्यापक प्रेम नारायण लम्साल, पुर्व शिक्षक कृष्ण पंगेनी, विद्यालय शिक्षक अभिभावक संघका सदस्य नरमाया पाण्डे लगायतले बोल्दै सामुदायिक विद्यालयको शिक्षा सुधारको प्रयास सकारात्मक रहेको बताउँदै व्यवहारिक र नैतिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । साथै नेपालमा उत्पादित विद्यार्थी (जनशक्तिलाई) स्वदेशमै टिकाएर काम गर्ने, उद्यामशिलतासँग जोड्ने खालका ठोस योजना राज्यले ल्याउनुपर्ने बताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पोख्रेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै वि.सं. २०३९ सालमा स्थापना भएको जनकल्याण माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ कक्षा सम्म कक्षा संचालन रहेको बताउनुभयो । विद्यार्थी र अभिभावकको माग अनुसार अंग्रेजी र नेपाली माध्यमबाट पढाई भैरहेको र शैक्षिक सत्र २०७४ सालदेखि नगरमै कक्षा ११ र १२ मा कानुन विषयमा अध्ययपन गराउने पहिलो विद्यालय रहेको जानकारी गराउँदै विद्यालयमा हाल ८ सय ४० जना विद्यार्थीहरु अध्ययन गरिरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक एवम् विद्यालयकाअतिरिक्त क्रियाकलापका संयोजक दुर्गा प्रसाद भुसालले गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालयका विभिन्न गतिविधि, शिक्षकका लेख र विद्यार्थीहरुका रचना समेटिएको जनकल्याण मुख—पत्रको लोकार्पण समेत गरिएको थियो ।
सप्ताहिक रुपमा मनाइएको वार्षिक उत्सावको अवसरमा संचालन गरिएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्याथीइहरुलाई सम्मान समेत गरिएको थियो ।