ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रमको समापन तथा कानुनी अधिकार र क्षमता विकास सम्बन्धि अभिमुखीकरण सम्पन्न

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रमको समापन तथा कानुनी अधिकार र क्षमता विकास सम्बन्धि अभिमुखीकरण सम्पन्न

सैनामैना नगरपालिकाले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको समापन तथा कानुनी अधिकार र क्षमता विकास सम्बन्धि अभिमुखीकरण सप्पन्न गरेको छ ।

नागरिकहरूका लागि बनेका ऐन कानुन र अधिकारको सामान्य जानकारी पनि नहुँदा विभिन्न समस्याहरू भोग्नु परेको सन्दर्भमा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सैनामैना नगरपालिका बालबालिका तथा महिला शाखाको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।

विज्ञापन

सो अवसरमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले लिङ्गको आधार हुने सबै किसिमको हिंसा अन्त्यका लागि हामी आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो सामान्यतया महिला हिंसालाई मात्र हिंसा बुझ्ने गर्दछौ, महिला वा पुरुष दुवैमाथि घट्न सक्ने अपराध नै लैंगिक हिंसा हो, हिंसा पुरुषविरुद्ध पनि हुन सक्छ भने तेस्रो लिङ्गी समुदायमाथि हुने हिंसा पनि लैङ्गकि हिंसाको रुपमा बुझ्नुपर्ने बताउनुभयो ।
हिंसा कसैलाई कुटपिट, हत्या, विभेद र दुर्ववहार गर्नु मात्रै हिंसा होइन कसैले बाेल्ने शब्दले कसैलाई पिडा दिन्छ भने पनि त्यो हिंसामा परेको हामी लिनुपर्छ र त्यसका विरुद्ध हामी आफै सचेत र संबेदनसिल भएर हिंसा न्यूनीकरणको अभियानमा घरपरिवार र स्वयम् म आफैबाट सुरुवात गरेर हिंसामुक्त समाज र राष्ट्रको परिकल्पना गर्न सकिने प्रमुख शर्माले भन्नुभयो ।
महिला अधिकार, न्यायीक समितिको क्षेत्राधिकार तथा ऐन, कानून निर्माण सम्बन्धि जानकार भएर जनप्रतिनिधि तथा सरोकारवालाले वडातहबाट न्यायीक सम्पादन कार्य सहज र सरल तरिकाबाट जनताका समस्यालाई निरुपण गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

सैनामैना नगरपालिका उप-प्रमुख विना रानाले महिला हिंसा अन्त्यका लागि महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो।
उप-प्रमुख रानाले भन्नुभयो, हिंसा र विभेद हुनुको मुख्य कारण परनिर्भर हुनु हो । महिलाहरु पुरुषमा निर्भर भएर बाच्नुपर्दा हिंसामा पर्ने गरेको बताउँदै जबसम्म महिला आर्थिक रुपले सक्षम र आत्मनिर्भर हुदैनन् तबसम्म महिला हिंसाको अन्त्य हुनसक्दैन ।
उहाँले महिला शसक्तिकरणका लागि सैनामैना नगरपालिकाकाले विभिन्न सिपमुलक तथा क्षमता अभिवृद्धि तालिम संचालन गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन विशेष योजनाका साथ अगाडि बढिरहेको बताउनुभयो ।
घर परिवार वा समाजले पनि आफ्ना बालबालिकालाई आमाबुबा, दिदीदाजु, बहिनी र भाइ सबै बराबर हुन् र एक–अर्काले समान व्यवहार गर्नुपर्छ भन्ने सामान्य शिक्षा दिन सकियो भने पनि लैंगिक हिंसा कम गर्न सहयोग पुग्न सक्ने प्रमुख प्रसासकीय अधिकृत जनक थापाले बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा संविधानले गरेको मौलिका हक सम्बन्धी ब्यवास्था, महिला अधिकार,कानुन, विधि प्रक्रियाबारे लगाएतको ब्यवास्थका विषयमा अधिवक्ता इन्दिरा आचार्यले सहजिकरण गर्नुभएको थियोे ।

कार्यक्रमको अध्यक्ष सैनामैना नगरपालिका उप-प्रमुख विना रानाको अध्यक्षता सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाको विशिष्ट आतिथ्यता तथा सैनामैना नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीको संचालन कार्यक्रम सम्पन्न भएको थियोे ।