सप्तऋषि बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

सप्तऋषि बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सैनामैना–२ स्थित बाबरी पार्टी प्यालेसमा सोमबार एक कार्यक्रमको आयोजना गरि १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सप्तऋषि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँको अध्यक्षता तथा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शमाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उहाँले सहकारीका शेयरधनीहरुले बचत तथा ऋण प्रवाह मात्र नभएर आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्ने जोड दिनुभयो ।
सहकारी स्थापना भएसँगै धेरै स्थानीयहरुको आर्थिक अवस्था सुधार भएको बताउँदै बचतकर्ताले बचत गर्दै उद्यमशील र उत्पादनमूलक क्षेत्रमा आवश्यक ऋण लगानी गरी आर्थिक रुपमा सबल बन्नुपर्ने बताउनुभयो ।
सहकारी संस्थाहरुले बचत तथा ऋणको मात्रै काम गर्नु भन्दा पनि अब उत्पादनमुखी, उद्यमशिलता, निर्यातमूलक क्षेत्रमा लाग्नुको विकाल्प नभएको बताउदै शेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादमुखी कार्यक्रम ल्याएर आर्थिक उन्नयनतर्फ लाग्न मेयर शर्माले जोड दिनुभयो ।

विज्ञापन

सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारीले सहकारीले बचत गर्ने बानीको विकास गर्दै गरिवी निवारणमा ठुलो योगदान पु¥याएको बताउनुभयो । सहकारी संस्थाहरुले महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै आवश्यक रकम ऋण प्रवाह गरी महिला शेयरसदस्यहरुलाई उधमशीलतासंग जोड्दै पुजी परिचालन, पारदर्शिता र सुशासन कायम गर्न सल्लाह दिनुभयो ।

जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकालले पछिल्लो समय सहकारी संस्थाहरुले बचतकर्ताहरुको बचत रकम हिनाहिना गरेको घटना बढीरहकोले शेयर सदस्यहरुले बचत गर्दा कहाँको सहकारी, कस्तो सहकारी, सञ्चालक को को हुन्, सेवा सुविधा कस्तो छ भन्ने विषयमा एकिन गरेर मात्रै शेयर सदस्यमा लगानी र बचत गर्न आग्रह गर्नुभयो ।

सैनामैना नगरपालिका सहकारी विभागका प्रमुख रामकुमार भट्टराईले बचतकर्ताहरुले संस्थाको बारेमा राम्रो सँग बुझेर मात्र सदस्य बनी कारोबार गर्न आग्रह गर्नुभयो । शेयर सदस्यले आफूले लगानी गरेको पुजीँ सही ठाउँमा लगानी भएको छ छैन, संस्थाले गर्ने कामकार्वाही, गतिविधि र साधारण सभा कार्यक्रममा छलफल गरी जानकार र सचेत बन्नुपर्ने बताउनुभयो ।

संस्थाका लेखा समिति संयोजक चित्र बहादुर के. सी ले सहकारीको कार्य प्रगति प्रतिवेदन अनुसार बचतकर्ताको शेयर रकम सुरक्षित ठाउँमा लगानी रहेको बताउँदै सहकारीको विकासका लागि पारदर्शी ढङ्गाबाट काम गर्न सहकारीकर्मीहरुलाई सुझाव दिनुभयो ।

सहकारी संस्थाका सल्लाहकार हरि प्रसाद भट्टराईले संस्थालाई राम्रो बनाउन विधि पद्धतिमा चल्नुपर्ने बताउँदै आर्थिक करोबार चुस्तदुरुस्त पार्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा रामनगर सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर खड्का, चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकनाथ अधिकारी, उपहार महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शारदा घिमिरे चालिसे लगायतले बोल्दै सहकारीले आम जनता र कृषकहरुसँग जोडिदै उनीहरुलाई व्यवसायीक र आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन सुझाव दिदैँ कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा सप्तऋषि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम बानियाँले वार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्दै यत्रतत्र छरिएर रहेको पूंजी लाई एकत्रित गरी पारदर्शी तरिकाले सेवा प्रवाह गर्दै गरीवी न्युनीकरण, शेयर सदस्यहरुको क्षमता विकास, व्यवसाय तथा पेशाअभिवृद्धि र स्वारोजगारमुलक क्षेत्रमा लगानी गदै समुन्नत नगर बनाउने अभियान सँगसँगै सामाजिक काममा संस्था सक्रिय रहेको बताउनुभयो ।

कोषाध्यक्ष दिपक कुमार चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल २ हजार ६ सय ५० जना शेयर सदस्य र आर्थिक वर्ष २०७९÷८० मा शेयर पुजीँ २ करोड ९ लाख १६ हजार ६ सय रहेको छ । जुन रकम गत वर्षको तुलनामा २.०९ प्रतिशतले वृद्धि भएको छ भने आर्थिक वर्ष २०८०÷८१ मा २ करोड ५० लाख पु¥याउने लक्ष्य लिएको बताउनुभयो ।
संस्थाको कुल पुजीँ बासलात आर्थिक वर्ष २०७९÷८० मा २२ करोड ९८ लाख ९१ हजार ६ सय ६५ रुपैयाँ छ भने आगामी आर्थिक वर्ष २०८०÷८१ मा २७ करोड ४० लाख पु¥याउने लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९÷८० मा १८ करोड ८० लाख ३९ हजार ६ सय ६३ रुपैयाँ निक्षेप संकलन गरेर आगामी आर्थिक वर्ष २०८०÷८१ मा २२ करोड ७० लाख पु¥याउने, आर्थिक वर्ष २०७९÷८० मा १९ करोड ८९ लाख ९७ हजार ४ सय ३ ऋण लगानी गरी आगामी आर्थिक वर्ष २०८०÷८१ मा २३ करोड ५० लाख पु¥याउने लक्ष्य राखेको कोषाध्यक्ष चालिसेले बताउनुभयो ।
यस्तै सहकारीले आर्थिक वर्ष २०७९÷८० मा २ करोड ८३ लाख ८० हजार ५ सय ४२ रुपैयाँको कुल आम्दानी गरी आगामी आर्थिक वर्ष २०८०÷८१ मा ३ करोड १७ लाख ९२ हजार पु¥याउने लक्ष्य छ भने आर्थिक वर्ष २०७९÷८० मा २ करोड ४२ लाख २५ हजार ३ सय ४० रुपैयाँ खर्च भएकोमा र आगामी आर्थिक वर्ष २०८०÷८१ मा २ करोड ५८ लाख ४० हजार कुलखर्च हुने अनुमान गरिएको छ ।

कार्यक्रम सप्तऋषि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँको अध्यक्षता सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, वडा नं.४ का वडाध्यक्ष राम प्रसाद अधिकारी र जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकाल तथा सैनामैना नगरपालिका सहकारी विभाग प्रमुख रामकुमार भट्टराईको विशिष्ट आतिथ्यता रामनगर सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर खड्का, कार्यक्रममा नव दिप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामप्रकाश गौतम, चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकनाथ अधिकारी, उपहार महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शारदा घिमिरे चालिसे, भुमीपुत्र बचत तथा ऋण सहकारी संस्थाका अध्यग दुल बहादुर थारु, गोदावरी महिला बचत तथा सहकारी सस्था उपाध्यग कमला पौडेल, सप्तऋषि सहकारीका आन्तिरक प्रशिक्षक ऋषिराम न्यौपाने, सल्लाहकारहरु हरि प्रसाद भट्टराई, खिम बशादुर गुरुङ्ग, कमला ढकाल, रामबहादुर बानिया र रामकृपाल थारु, लगायतको आतिथ्यतामा रहेको थियो ।
कार्यक्रमको सहकारीका उपाध्यक्ष जमुना पोख्रेलको स्वागत तथा सचिव मित्र बहादुर ऐ.सीले सञ्चलान गर्नुभएको थियो

सम्मान कार्यक्रम

साधारण सभाको अवसरमा संस्थागत विकासमा योगदान पु¥याउनुभएको प्रेम प्रसाद भुषाललाई संस्थागत प्रोत्साहन सम्मान, उत्कृष्ट कर्मचारी कलपना शर्मा आचार्य, उत्कृष्ट मालिक लक्ष्मीदेवि पाण्डे तथा उत्कृष्ट बचतकर्ता सम्मानतर्फ डेनिश बेल्वासे, शुशिल खड्का क्षेत्री, लिलामणि पोख्रेल, अन्नपूर्ण पटहर तथा वालकुमारी श्रेष्ठलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक कोषराज बस्नेतले जानकारी दिनुभयो ।
यस्तै कक्षा १२ को नतिजामा शेयर सदस्यका छोराछोरीमध्येबाट उत्कृष्ट अंक ल्याउने विद्याथी समिर कुंवर र दिपिका घिमिरेलाई सम्मान समेत गरिएको व्यवस्थापक बस्नेतले जानकारी दिनुभयो ।