अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुटवलमा मैन बत्ति प्रज्वलन 

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुटवलमा मैन बत्ति प्रज्वलन 

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आईतबार दिवंगत मानव अधिकारकर्मीहरुको सम्झनामा बुटवलमा मैन बत्ति प्रज्वलन  तथा मानवअधिकार रक्षकका चुनौति विषयक परामर्श बैठक सम्पन्न भएको छ । 

महिला मानव अधिकार रक्षकहरुको संजाल रुपन्देही, एडभोकेसी फोरम नेपाल, कदम नेपाल र ओरेक नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

परामर्श बैठकमा बोल्दै महिला मानवअधिकार रक्षकहरुको संजाल रुपन्देहीका पुर्ब अध्यक्ष तथा एडभोकेसी फोरम नेपालका अध्यक्ष अधिवक्ता इन्दिरा आचार्यले महिला र पुरुषको समान सोच र सहभागीता हुन सकेमात्रै सबैका अधिकार प्राप्त हुन सक्ने बताउनुभयो ।आचार्यले महिला अधिकार रक्षकहरुले सवाल उठाउँदा एउटाको अधिकार स्थापित हुदा अर्काकोे अधिकार हनन हुन नहुने बताउनुभयो ।

विज्ञापन

अधिकारकर्मी रिता सेनले महिलाहरुको सुरक्षाका लागि सबैले आवनज उठाउन आवश्यक रहेको बताउनुभयो  ।अधिकारकर्मी  मनु खड्काले समाजमा अझैपनि जातिय छुवाछूतको समस्या रहेको बताउदै दलित समुदायका नागरिकहरुमा अझै बढी विभेद र मानवअधिकार हनन भैरहेको भन्दै दलितका मुद्धामा सबैले एकै स्वरमा आवाज उठाउन आग्रह गर्नुभयो ।

अधिकारकर्मी राधा भट्टराईले बोल्दै महिला भएको कारणले नै आफ्ना अधिकार हनन भैरहेका त छैनन् भन्ने हेक्का राख्नुपर्ने बताउनुभयो ।

महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजाल अध्यक्ष हेमा न्यौपानेले मानवअधिकार रक्षकहरुका बिषयमा कम चर्चा हुने गरेको बताउदै अब निरन्तर रुपमा राज्यलाई झक्झकाउने गरि कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै बुटवल  ११ देबिनगर प्रहरी बिट नजिकै मानव अधिकारकर्मीहरुको सम्झनामा मैनबत्ति बालेर दिवंगत भएकाहरुको चिरशान्तीको कामना गरिएको थियो ।

आज ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईको हो । प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।  ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईएको हो ।

संयुक्त राष्ट्र सङ्घले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरे पनि आधिकारिक रूपमा भने सन् १९५० मात्रै यो दिवस मनाउन थालिएको हो ।

यस दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन सभाले सबै देशलाई आमन्त्रित गरेको थियो । मानव अधिकारको सार्वभौमिक घोषणा ५०० भन्दा बढी भाषामा उपलब्ध छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धधन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ ।