बालापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
- ई प्रतिबिम्ब
- २०८० मंसिर २३
- 386 views
बालापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष जिवखर चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नम्बर ५ का अध्यक्ष धन प्रसाद पौडेलले बालापुर खानेपानी आयोजनाले यस क्षेत्रका उपभोक्ताहरुलाई शुद्ध र गुणस्तरीय पिउने पानीको सहज पहुँच पुर्याउनुपर्ने बताउनुभयो ।
स्वस्च्छ खानेपानीका लागि सिंगो उपभोक्ताहरुको चासो र चिन्ता रहन आवश्यक भएको उहाँको भनाई थियो । उहाँले स्वस्च्छ खानेपानी उपभोग गर्न पाउनु मानिसको आवश्यकता रहेकाले समितिमा वस्नेहरुले खानेपानीको स्वस्छतामा ध्यान दिन आवश्यक रहेको वताउनुभयो ।
समाजसेवी जिवन ज्ञवालीले मानव जिवनमा पानी अपरिहार्य रहेकाले सेवाग्राहीका स्वास्थलाई ध्यान दिएर आयोजनाले सबै वडाबासीकाे घरघरमा सफा पानी वितरण गर्नुपर्ने र बढी भन्दा बढी लाभ लिन उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।
मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष देविदत्त सुवेदी आपखोला खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष धर्मागत बस्याल, बुद्धनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष रामप्रसाद भुसाल, कोटियामाई खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष तुल बहादुर गलामी, ब्रह्मबाबा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष ज्ञानेन्द्र मल्ल, मलमला सामुदायिक बन अध्यक्ष तुल्सिराम पोख्रेल, मलमला माध्यमिक विधालय अध्यक्ष भोजराज पान्डे र बालापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सल्लाहकार नरिश्वर न्यौपानेले बोल्दै सहज खानेपानी पाउनु नागरिकको अधिकार भएकाले सोही अनुसार काम गर्न समितिलाई आग्रह गर्नुभयो ।
बालापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जिवखर चापागाईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बालापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष तिल कुमारी चौधरीले लेखा प्रतिवेदन लेखा प्रस्तुत गर्नुभएको थियो भने सस्थाका सचीव शंकर पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्