सैनामैनामा भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण

सैनामैनामा भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण

रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ ।
पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण तथा खोप कार्यक्रम सुरुवात गरेको हो ।

कार्यक्रमको शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले बरिष्ठ पशु चिकित्सक सर्जन डा.अर्जुन आर्याललाई भ्याक्सीनेटर क्याब प्रदान गरी शिविरको सुरुवात गरेका हुन ।नगरपालिका भित्र रहेका घरपालुवा तथा सामुदायीक कुकुरको कारण पशु तथा मानिसस्वाथ्यमा जोखिम बढ्दै गरेको, कुकुरबाट लाग्ने प्रणघातक रोगको समेत उच्चा जोखिम रहेको करण शिविर मार्फत यसलाई नियन्त्रण गर्न खोजिएको नगर प्रमुख शर्माले जानकारी दिए । पालिका भित्र रहेका करिव ४ देखि ५ सय भुस्याहा र घरपालुवा कुकुरको बन्ध्याकरण तथा खोप कार्यक्रम यो अभियानमा गरिने समेत नगर प्रमुख शर्माले जानकारी दिए ।

विज्ञापन

४ दिन सम्म आयोजना हुने शिविरमा पालिकाका सबै वडामा वडा वडा भिाजन गरी त्यहाँबाट भुस्याहा कुकुर नियन्त्रणमा लिएर बन्याकरण तथा खोप कार्यक्रम सञ्चालन गरिने कार्यक्रम रहेको नरपालिकाको पशु विकास शाखा प्रमुख ईन्द्र बहादुर खड्काले जानकारी दिए ।

सैनामैना नगरपालिकाको आ.व २०८० / ०८९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु बिकास शाखा र केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौको सयुक्त आयोजन शिविर आयोजना भएको हो । शिविरमा रेबिज विरुद्धको खोप तथा बन्ध्याकरण शिविर एकै पटक सञ्चालन गरिएको छ ।

नगरपालिका उप प्रमुख बीना रानाले सामुदायीक कुकुरको कारण दुर्घटना जोखिम समेत बढ्दै गएको उनीहरुको स्वाथ्य अधिकार समेत बञ्चीत भएको बताउँदै यसको लागि नगरपालिकाले महत्व दिएर यो शिविर आयोजना गरिएको बताईन ।

सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सामुदायिक कुकुर व्यवस्थापनको लागि नगरपालिकाले मात्रै काम गरेर भन्दा पनि सबैको साथ र सहयोग बाट नियन्त्रण संभव भएको बताए ।शिवर मार्फत पहिलो चरणमा बन्याकरण गरिएका कुकुरबाट थप सन्तान नजन्मिने तर घरपालुवा मानिसहरुले पनि यत्तीकै छाडा रुपमा कुकुर छाडीदिँदा थप समस्या आउन सक्ने भन्दै यसको लागि सबैले आ आफ्नो स्थानबाट कुकुर नियन्त्रणको लागि भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्सय विकास निर्देशनालयका पशु चिकित्सक तथा पशु पशु स्वास्थ व्यवसायी परिषद् सदस्य लोकराज भुषाल ले सामुदायिक कुकुर व्यवस्थापन जरुरी रहेको भन्दै यसको लागि केन्द्रीय रिफरल पशु चिकित्सालय को सहयोगमा शिविर आयोजना गरिएको बताए ।उनले पशु अधिकारको लागि पनि शिविर आवश्यक रहेको बताए ।
मानिसबाट पशुमा सर्ने रोगहरु जुनोटिक रोग को जोखिम समेत बढ्दै गएको समयमा जोखिम न्युनीकरणको लागि खोप कार्यक्रम र बन्ध्याकरण शिविर आवश्यक रहेको बताए ।

शिविर शुभारम्भ कार्यक्रममा सैनामैना नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरे, वडा नम्बर ४ का अध्यक्ष राम प्रसाद अधिकारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सैनौनामा अघिल्लो आर्थिक बर्षमा १ सय १ सय ९३ जना मानिसमा रेबिज विरुद्धको खोप लगाइएको छ भने यो बर्ष थप २ सय १५ जनालाई खोप लाइएको छ ।

शिविरमा केन्द्रीय रिफरल पशु चिकित्सालय का पशु चिकित्सक, सर्जन सहितको प्राविधिक टोली सैनामैना आएको छ । पशु एम्बुलेन्स सहितको समुहले पालिका विभिन्न स्थानबाट संकलन गरिएका सामुदायीक र घरपालुवा कुकुरको बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालन गर्ने छ ।