बुटवलमा वाईसिएलको भेला : अध्यक्षमा थापा चयन

बुटवलमा वाईसिएलको भेला : अध्यक्षमा थापा चयन

बुटवल – नेकपा माओबादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) बुटवल नगर कमिटिको पुनर्गठन भएको छ । मंगलबार पार्टी कार्यालय बुटवलमा आयोजित नगर भेलाले ६५ सदस्यीय नयाँ कमिटि गठन गरेको हो ।

भेलाले सृजन थापाको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा रवि खड्का, आशिष न्यौपाने, रेखा चौधरी , सचिबमा तेज बहादुर रजाईली , सहसचिबमा गौरब भण्डारी , कोषाध्यक्षमा बिराज राना चयन भएका छन ।

विज्ञापन

नवनिर्वाचित अध्यक्ष थापाले युवाहरुलाई स्वरोजगार र रोजगारीसँग जोडेर आर्थिक रुपमा सवल बनाउँदै संगठनलाई अगाडी बढाउने बताए ।

बन्द सत्र अघि भेलाको उद्दघाटन गर्दै नेकपा माओबादी केन्द्रका स्थायी कमिटिका सदस्य गणेशमान पुनले आम युवाहरुमा जागरण ल्याउनको लागि वाईसिएलले काम गर्नुपर्नेमा जोड दिए । उनले वाईसिएलले युवाहरुको मन जित्दै पार्टी संगठनलाई बलियो बनाउनको लागि लाग्नको लागि निर्देशन दिए ।

कार्यक्रममा बोल्दै पार्टीका जिल्ला संयोजक निर्मल जिसीले अराजक र जनविरोधीहरूलाई तह लगाउन वाईसिएलले विगतमा खेलेको भूमिकालाई बुटवलमा पुन: अझ सशक्त ढंगले क्रियाशीलता बढाउने विश्वाश व्यक्त गरे।

पार्टीका बुटवल नगर कमिटिका अध्यक्ष महेन्द्र भुसालले वाईसिएल अहिलेसम्म आराम गरिरहेको अवस्था रहेको र अबका दिनमा सक्रियता पुर्वक आम युवासम्म पुग्नुपर्ने बताए ।

रुपन्देहीका पुर्व अध्यक्ष सुजित विक, वाईसिएल केन्द्रीय सचिब माधव बस्नेत, पुर्व लुम्बिनी प्रदेश सांसद दिपा विक, प्रदेश सदस्य पुष्पराज ढकाल लगायतले बोलेका थिए ।