माओवादी नेता कार्यकता गाउँ फर्काउने ३ महिने  अभियान हाे : संसद चाैधरी

माओवादी नेता कार्यकता गाउँ फर्काउने ३ महिने  अभियान हाे : संसद चाैधरी

बुटवल – जन जनमा माओवादी मनमनमा माओवादि भन्ने मुल नाराका साथ माओवादी केन्द्र पाल्पाले तीन महिने विशेष रुपान्तरण अभियान सबै पालिकाहरुमा शुरु गरेका छन । केन्द्रीय अभियानले पार्टीको सबैभन्दा तल्लो इकाइ वडा कमिटीलाई सुदृढ गर्न जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्न लागेको हाे ।

माओवादी केन्द्रले सुरु गरेको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानलाई सार्थकता दिदैँ पाल्पा स्थित तिनाउ गाउँ कमिटिकाे विस्तारित बैठक शनिवार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र तिनाउ गाउँ कमिटि अध्यक्ष दिनेश जिसिकाे अध्यक्षता तथा केन्द्रीय सदस्य इन्द्रजीत चाैधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विज्ञापन

कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी चाैधरीले पार्टीलाई बदल्नका लागी रुपान्तरण अभियान ल्याएको बताउँदै देशको नेतृत्व गर्न सक्ने र निर्णयक पार्टी माओवादी नै भएकाे कारण पार्टी भित्र पनि अव परिर्वतन आवश्यक रहेकाे बताए । उनले भने माओवादीले हिजो गरेको आन्दोलनबाट देशको ब्यवस्था बदलिएको हाे र अब जनताको अवस्था बदल्न तीन महिने अभियानकाे उद्धेश्य हाे । नेपाली अर्थतन्त्रमा रहेको दलाल पुजीबादकाे दवदवा अन्त्य गर्दै , सामन्तवादी आर्थिक आधार भत्काउदै ओैद्योगिक पुजिको स्थापना, आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पुँजीको निर्माणका लागि अहिलेको अभियान भ्रष्टाचार बिरुद्धको अभियान पनि भएकाे बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, बामपन्थी एवं समाजवादी धारको जगमा राष्ट्रिय शक्तिको विकास गर्दै समाजवादको आधार तयार पार्ने अभियानको उद्देश्य हो,’ उनले भने, ‘अभियानलाई प्रभावकारी बनाउन सबै आ-आफ्नाे क्षेत्रबाट तिब्र गतीमा खटिनु पर्छ।’
माैलिक हककाे कार्यन्वयन गर्नका लागी आर्थिक क्रान्ति गर्नुपर्छ सरकार र जनता आर्थिक लगानिमा जाेडिएर राष्ट्रिय पुँजीकाे निर्माण गर्न जरुरी छ तव मात्रै सम्भव हुन्छ माैलिक अधिकार । राज्यले लगाउने लागानि पनि नाफाउमुख हुनुपर्दछ जसले जनताकाे हित र जिवनस्तर बृद्धि हाेस जनताले प्रत्यक्ष लाभ लिन पाउनु पर्छ उनले भने ।

त्यस्तै तिनाउ गाउँपालिक अध्यक्ष दिनेश जिसीले पार्टिकाे याे अभियानले पाटिकाे ताैल निर्धारण गर्ने र कार्यकर्ताकाे मुल्यक गर्ने समय भएकाेले
अभियान भर सक्रिय भएर अभियान सफल गराउन आवश्यक रहेकाे बताए । भदाै १६ गते नेपाल भरका सबै वडाहरुमा एकै साथ उद्धघाटन हुने तिन महिने बिशेष अभियानकाे कार्यक्रम पनि जन चाहाना अनुसार जनसेवककाे रुपमा जनस्तरमै श्रमदान गरेर कार्यक्रम उद्धघाटन गर्ने तयारी गरेकाे बताए अध्यक्ष जिसिले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य चक्र ब्यु थापा ,प्रदेश सदस्य राजेश श्रेष्ठ , केशव पाेखरेल प्रदेश लगायतले मन्तब्य राखेका थिए । साेहि पालिकाका ६ वटा वडाका पार्टी प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियाे । कार्यक्रममा सहिद अबिरललाई सम्मान गर्दै अविरल पार्कमा वृक्षारोपण पनि गरिएकाे थियाे।