लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : सैनामैनामा सचेतना कार्यक्रम

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : सैनामैनामा सचेतना कार्यक्रम

सैनामैना: लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गोरखनाथ सामुदायिक सिकाई केन्द्रले सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको सभाहलमा शुक्रबार गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना तथा इनरह्विल क्लब अफ सैनामैनाको सह-अयोजना रहेकोे कार्यक्रम मा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले सबैखाले हिंसा न्यूनीकरण गर्न हामी आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।हिंसा जानेर वा नजानेर दुबै किसिमबाट हुन्छ परिवारले परिवारकै सदस्य प्रति गरिने मायाममताप्रति गरिने भेदभाव पनि हिंसा हो , छाेरालाई धेरै माया गर्नु छाेरीलाई कम माया गर्नु पनि हिंसाको एउटा स्वरुप हो त्यसकारण हिंसा घरपरिवारबाटै सुरु हुने हुँदा यसको अन्त्यका लागि घरबाटै सुरुवात हुनुपर्नेमा प्रमुख शर्माले जोड दिनुभयो ।

हिंसा पुरुषबाट मात्र हुँदैन महिलाबाट पनि पुरुष हिंसामा पर्न सक्छ भने महिला, पुरुष र तेस्रो लिङ्गी समुदायका नागरिकहरुमाथि हुने हिंसालाई पनि लैङ्िगक हिंसाको रुपमा बुझ्नुपर्ने बताउनुभयो ।कुटपिट, हत्या हिंसा, विभेद र दुर्ववहारबाट आफै सचेत र संबेदनशिल भएर हिंसा न्यूनीकरणको अभियानमा हातेमालो गर्ने हो भने मात्र हिंसामुक्त समाज र राष्ट्रको परिकल्पना गर्न सकिने शर्माले दावी गर्नुभयो ।

विज्ञापन

त्यस्तै सैनामैना नगरपालिका उप-प्रमुख विना रानाले महिला हिंसा अन्त्यका लागि महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो। हिंसा र विभेद हुनुको मुख्य कारण परनिर्भर हुनु भएकाले महिला शसक्तिकरणका लागि सैनामैना नगरपालिकाकाले विभिन्न सिपमुलक तथा क्षमता अभिवृद्धि तालिम संचालन गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन विशेष योजनाका साथ अगाडि बढिरहेको बताउनुभयो ।

सैनामैना वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल पोख्रेलले महिला हिंसाजस्ता जघन्य अपराध रोक्न महिला आफै सचेत हुनु जरूरी रहेको बताउनुभयो ।

अधिकारकर्मि मिना पन्थीले महिला हिंसा बढ्नुको प्रमुख कारण भनेकै आर्थिक रुपमा अरुको भर पर्नुपर्ने , गरिबी , अभाव तथा महिलाहरु घर भित्रै सीमित हुनुपर्छ भन्ने सङ्किर्ण सोचले समाज रोमलीनुका साथै केही गर्छु भन्ने महिलाको नेतृत्व अस्वीकार गरि हत्वोसाहित बनाउने अनेक खालको पितृ सत्तात्मक सोचको प्रवृत्ति हो भन्दै त्यस्ता खालका भ्रमलाई चिर्न महिलाहरु आफै सचेत , सजक र सहकार्य एकताबद्ध हुनु पर्नेमा जोड दिनुभयो ।विभेद अन्त्यका लागि राज्य, सरोकारवाला र समाजका सम्पूर्ण पक्षको सहकार्यले मात्रै सम्भव रहेको बताउनु भयो ।
सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापा लैङ्गिक हिंसा पुस्तौंदेखि जकडिएको समाजको ठुलो समस्याको रुपमा रहेको भन्दै सोँच परिर्वतनसगैं यसको अन्त्यका लागि सबै एकजुट भएर साझा पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

इनरह्विल क्लब अफ सैनामैना अध्यक्ष अनिता शर्माले पितृसत्तात्मक सोच, लैङ्गिक विभेद, गरिबी, अशिक्षा, कुप्रथा, आर्थिक परनिर्भरता, नेतृत्वदायी पदमा महिलाको न्यून सहभागिता लगायतका कारण महिला हिंसा हुने गरेको बताउदै बदलिँदो परिस्थितिसंगै समान सहभागिता र सोँच परिर्वतन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम गोरखनाथ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लता खड्काको अध्यक्षता इनरह्विल क्लब सैनामैनाका सेक्रेटरी दुर्गामाया श्रेष्ठको स्वागत तथा स्वागत तथा समुदाय परिचालिका सिर्जना न्यौपानेको संचालनमा सप्पन्न भएको थियोे ।