कर्णालीमा गरिवी हटाउन वीउ पुँजि सहयोगबाट युवा स्वरोजगार बनाइन्छः मुख्यमन्त्री शर्मा

कर्णालीमा गरिवी हटाउन वीउ पुँजि सहयोगबाट युवा स्वरोजगार बनाइन्छः मुख्यमन्त्री शर्मा

असोज ११ रुकुम पश्चिम

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गरिबी हटाउन वीउ पुँजि सहयोगबाट युवा स्वरोजगार बनाइने बताउनु भएको छ।

विज्ञापन

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी नै रहेको उल्लेख गर्दै प्रदेश सरकारले गरिबी हटाउन वीउ पुँजि सहयोगबाट युवा स्वरोजगार बनाइने बताउनु भएको हो।

मुख्यमन्त्री शर्माले भन्नुभयो -“हामीले कर्णालीको गरिबीलाई हटाउन हरेक वर्ष विपन्न गरिवार, गरिव घरपरिवारका १० हजार युवाहरुलाई रोजगार बनाउने योजना बनाएका छौ ।

यो योजना सफल बनाउन प्रदेश सरकार लागि परेकाले त्यसको लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उहाँले बताउनुभयो ।

अनुदान मार्फत नभएर बीउ पुजि अन्तर्गत युवाहरुलाई सहयोग गरेर आयआर्जनमा सहयोग पुर्याउने योजनाका साथ प्रदेश सरकार लागेको छ मुख्यमन्त्री शर्माले भन्नुभयो ।

कर्णाली प्रदेशमा धेरै चुनौतिहरु रहेको भए पनि त्यो चुनौतिका माझ पनि सरकारले काम गर्ने उहाँले बताउनुभयो ।

राजनीतिक अस्थिरताको कारणले सरकारमा बसेर काम गर्न केहि समस्या छ उहँले भन्नुभयो आफुले ३ पटक सम्म विश्वासको मत लिएको प्रसंगलाई जोड्दै नेपालको अस्थिर राजनितिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उहाँको भनाई छ ।

अनुदान मार्फत नभएर बीउ पुजि अन्तर्गत युवाहरुलाई सहयोग गरेर आयआर्जनमा सहयोग पुर्याउने योजनाका साथ प्रदेश सरकार लागेको छ मुख्यमन्त्री शर्माले भन्नुभयो । कर्णाली प्रदेशमा धेरै चुनौतिहरु रहेको भए पनि त्यो चुनौतिका माझ पनि सरकारले काम गर्ने उहाँले बताउनुभयो ।

राजनीतिक अस्थिरताको कारणले भने सरकारमा बसेर काम गर्न केहि समस्या भएको उहाँले बताउनुभयो । आफुले ३ पटक सम्म विश्वासको मत लिएको प्रसंगलाई जोड्दै नेपालको अस्थिर राजनितिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उहाँको भनाई छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता