सहकारी मार्फत प्रदेशको आर्थिक समृद्धि हुन्छः मन्त्री शर्मा

सहकारी मार्फत प्रदेशको आर्थिक समृद्धि हुन्छः मन्त्री शर्मा

असोज ७ सुर्खेत

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले सहकारी मार्फत आर्थिक समृद्धि हुने बताउनु भएको छ।

विज्ञापन

सुर्खेतको वीरेन्द्रनगर ३ उत्तरगंगामा साना किसान सहकारी संस्था लि को २७औ वार्षिकोत्सब समारोह उद्धघाटन गर्दै मन्त्री शर्माले सहकारी अभियान मार्फत प्रदेश सरकारको आर्थिक समृद्धि हुने बताउनु भएको हो। सहकारीमा किसान मजदुर गरिव महिला अल्पसंख्यको पहुँच हुने भएकाले सहकारी अभियान मार्फत नै प्रदेश सरकारले आर्थिक समृद्धि गर्ने लक्ष्य निर्धारण गरेकाले कृषि कर्म गर्ने सहकारी र किसान जोड्न प्रदेश सरकार मार्फत सहकारी अभियान सञ्चालन गरि उत्पादन बृद्धि र रोजगार सृजना हुने बताउनु भयो।

मन्त्री शर्माले अहिले सहकारीले ऋण दिने बिषयलाइ मात्रै प्रथामिकता दिदा किसानको पेशा ब्यबसायमा हुने प्रगति मापन गर्न नसकिएकाले किसानलाइ ऋण दिदाको अवस्था र ऋण पाएपछि भएको प्रगतिबारे ध्यान दिन निर्देशन गर्नु भयो।

किसान आफ्नो बिगतबाट कति माथी उठेको छ भन्ने कुराले सहकारीबाट परिचालन गर्ने ऋणले अर्थ बोध गर्ने भएकाले यसबारे ऋणि सदस्यको प्रगति सार्वजनिक गर्न सल्लाह दिनु भयो। अहिले सहकारीमा शेयर सदस्यले बचत गरेको र जम्मा गरेको शेयर पुजीको ठुलो हिनामिना भएको तथा सञ्चालक समितिमा मात्रै ऋण परिचालन गरेको गुनासो किसानको भएकाले यसबाट शेयस सदस्यको बचत तथा शेयर पुजिको सुरक्षामा ध्यान दिन निर्देशन गर्दै साना किसानको अनुगमन तथा नियमन गर्ने प्रदेश सरकारले तत्काल ऐन निर्माण गरी कार्यान्वयन गर्ने बताउनु भयो।

उत्कृष्ठ १० बिधाका १० पात्र मध्ये उत्कृष्ठ सासु पुरस्कार र उत्कृष्ठ बुहारी पुरस्कारबाट सासु बुहारी कसरी उत्कृष्ठ हुन सक्छन र सहकारीमा सासु बुहारीको कस्तो भूमिका हुन सक्छ भन्ने कुरा प्रस्ट पारेकाले आर्थिक कारोवार तथा घरायसी लेनदेनमा जहिले पनि पैसामा हुने सासु बुहारीको खटपट यस्ता सम्मानबाट सामाधान गर्न सकिने जीकिर गर्नु भयो।

सहकारी अभियान मार्फत सामाजिक न्याय र आर्थिक समृद्धि गर्न प्रदेश सरकार तयार भएकाले सहकारीले किसानको उत्पादन र बजारीकरणको ग्यारेन्टि गर्नु पर्ने बताउदै किसानको उत्पादनमा बजारीकरणको समस्या भए प्रदेश सरकार सहयोग गर्न तयार भएको बताउनु भयो।

किसानको उत्पादन लागतको आधारमा काउली र बन्दामा प्रति केजी उत्पादन लागतमा रु २ अनुदान दिने कार्यक्रम भएकोले किसानलाइ उत्पादनमा जोड दिन र सहकारीले उत्पादनको बजारीकरण गर्ने प्रतिबद्धता गर्न सके बजारीकरणमा प्रदेश सरकार लागानी गर्न तयार भएको बताउनु भयो।

सुर्खेतमा हुने किसानको उत्पादन र बजारीकरणको समस्या सामाधान गर्न प्रदेश सरकारले हाट बजार व्यवस्थापनको लागि ५० लाख रकम विनियोजित गरेकाले सबै किसानले मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा ध्यान दिन आग्रह गर्नु भयो।

२७ ‌औ साधारणसभामा मन्त्री शर्माले १० विद्याका १० उत्कृष्ठलाइ सम्मान गर्नु भएको सम्मानित हुनेहरुमा सहकारीको जेष्ठ सदस्य गोमा उपाध्याय हाल सम्मको उत्कृष्ठ शेयर खरिद कर्ता दामुदरा क्षेत्री यस बर्षको उत्कृष्ठ शेयर खरिद कर्ता मिना भट्टराइ उत्कृष्ठ कर्जा सुरक्षण बचतमा पदमा कुमारी उपाध्याय उत्कृष्ठ ब्यक्तगत बचतमा बेला बोगटी उत्कृष्ठ ऋणि कल्पना कुमारी भण्डारी असल सासु गम्विरा थापा असल बुहारी गौरी पोखरेल उत्कृष्ठ कृषक व्यवसाय मान कुमारी चौधरी र पशु योजना अन्तर्गत अन्जना थापालाइ रु ५७ हजारको चेक सहित सम्मानित हुनुभएको  छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता