ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा गोठ जलेर नष्ट

सल्यानमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा गोठ जलेर नष्ट

वैशाख ४,सल्यान 
सल्यानमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा दुई गोठ जलेर नष्ट भएका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा भएको आगलागिबाट दुई गोठ जलेर पूर्ण रुपमा नष्ट भएका हुन् ।

विज्ञापन

कपुरकोट गाउँपालिका ३ पाखापानीका हर्क बहादुर बुढाथोकीको फुसको छाएको घरमा अचानक आगलागी हुँदा गोठ भित्र बाँधेर राखेको एक खसी जलेर मरेको छ भने १ बाखा खसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आगलागीबाट करिब १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाई छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका ११ घरेलि रातामाटाकी ४२ की धनमाया विकको गोठ जलेर नष्ट भएको छ । स्थानीय एक बालकले गोठाला गएको समयमा दुई खोलाको जंगलमा आगो लगाएको र उक्त आगो गाउँमा पस्दा विकको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

गोेठ भित्र रहेका समपूर्ण सामान जल्दा १ लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

दुईखोलामा लागेको आगोले गाउँमा आउने कालाखोला खानेपानी आयोजनाको ६ सय पाइप जलेको छ ।

पाइप जदा ६८ हजार ४०० रुपैयाँ बराबरको क्षति भएको भएको छ भने खानेपानी सेवा अवरुद्ध भएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता