सल्यानमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा गोठ जलेर नष्ट

सल्यानमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा गोठ जलेर नष्ट

वैशाख ४,सल्यान 
सल्यानमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा दुई गोठ जलेर नष्ट भएका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा भएको आगलागिबाट दुई गोठ जलेर पूर्ण रुपमा नष्ट भएका हुन् ।

विज्ञापन

कपुरकोट गाउँपालिका ३ पाखापानीका हर्क बहादुर बुढाथोकीको फुसको छाएको घरमा अचानक आगलागी हुँदा गोठ भित्र बाँधेर राखेको एक खसी जलेर मरेको छ भने १ बाखा खसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आगलागीबाट करिब १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाई छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका ११ घरेलि रातामाटाकी ४२ की धनमाया विकको गोठ जलेर नष्ट भएको छ । स्थानीय एक बालकले गोठाला गएको समयमा दुई खोलाको जंगलमा आगो लगाएको र उक्त आगो गाउँमा पस्दा विकको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

गोेठ भित्र रहेका समपूर्ण सामान जल्दा १ लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

दुईखोलामा लागेको आगोले गाउँमा आउने कालाखोला खानेपानी आयोजनाको ६ सय पाइप जलेको छ ।

पाइप जदा ६८ हजार ४०० रुपैयाँ बराबरको क्षति भएको भएको छ भने खानेपानी सेवा अवरुद्ध भएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता