रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न : उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मेयर शर्माको जोड

रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न : उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मेयर शर्माको जोड

रामनगर सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार सैनामैना ४ स्थित सहकारीको आफ्नै प्राङ्गणमा एक कार्यक्रमका बीच रामनगर सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सप्पन्न भएको हो ।

सो अवसरमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले सहकारीले उत्पादनशिल र रोजगारमुखी क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक विकास र समृद्धिका लागि सहकारीको योगदान महत्वपूर्ण रहको बताउनुभयो ।
सहकारीले कृषि उत्पादन तथा प्रशोधन, भण्डारण, र बजारीकरणमा लगानी गरेर कृषिजन्य वस्तु, दुध, माछा—मासुमा आत्मनिर्भर बन्ने खालका कार्यक्रम ल्याउन जोड दिनुभयो ।
हरेक सहकारीले सहकारी शिक्षा र सचेतनामा कम लगानी गरेको भन्दै उहाँले शेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादमुखी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
राज्यको तीन खम्बे अर्थ नीतिमध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले अर्थतन्त्रलाई उत्पादनमुखी, आत्मनिर्भर र निर्यातमूलक र रोजगारी प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ सहकारी अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला सहकारी संघ लेखा संयोजक जगन्नाथ गौतमले सहकारी संचालनबारे विधि पद्धतिका विषयमा भनाइ राख्नु भएको थियो । रामनगर सहकारीको प्रगति प्रतिवेदन अनुसार बचतकर्ताको शेयर रकम सुरक्षित क्षेत्रमा लगानी भएकोले विश्वस्त पार्नुभयो । साथै उहाँले शेयर सदस्यले लिने ऋण कुन प्रायोजन वा क्षेत्रमा लगानी गर्दैछ, व्याज वा किस्ता तिर्न सक्छ कि सक्दैन, व्यवसायको स्रोत लगायत सबैपक्षको जाँचबुझ, अनुगमन गरेर मात्र ऋण लगानी गर्न सहकारीलाई सुझाव दिनुभयो ।

विज्ञापन

सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारीले गरिवी निवारणमा सहकारी संस्थाले गरेको योगदानको प्रशांसा गर्नुभयो । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार स्तम्भको रुपमा रहेको सहकारीले जनतालाई उधमशीलतासंग जोड्दै पुजी परिचालन, पारदर्शिता र सुशासन कायम गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
उहाँ भन्नुभयो, सहकारीले बचत गर्ने बानीको विकास संगै महिलाहरूको नेतृत्व तथा व्यक्तित्व विकास, समावेशी सक्षमता र मुल्यमान्यताको विकास गर्दै आर्थिकपक्ष सबल बनाउन सहकारीले महत्वपूर्ण भुमिका खेलेको छ ।

संस्थाका सल्लाहकार एवम् वडा नम्बर ३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले सहकारी संस्थाले आर्थिक कारोबारलाई पारदर्शि बनाउन जरुरी रहेको बताउनुभयो ।

गोदावरी महिला बचत तथा सहकारी सस्था अध्यक्ष सिता पोख्रेलले शेयर सदस्यले आफूले लगानी गरेको पुजीँ सही ठाउँमा लगानी भएको छ छैन, संस्थाले गर्ने कार्यविवरण र गतिविधिका बारेमा संस्थामै गएर बुझ्न आग्रह गर्दै सहकारी अवलोकन नगरपालिका भित्र रहेका अन्तरसहकारीहरुमा पनि भ्रमण अवलोकन गर्ने परिपाटीको विकास गर्दै राम्रो कुराको सिको गर्न सुझाव दिनुभयो ।
नवदिप सहकारी संस्थाका अध्यक्ष रामप्रसाद गौतमले सहकारी संजालमार्फत सहकारीका समस्या हल गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

रामनगर सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षता तथा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा अध्यक्ष, कोषाध्यक्षा र लेखा परिक्षण प्रतिवेदन सर्वसम्मत रुपले पारित भएको छ ।

संस्थाका कोषाध्यक्ष विष्णु प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको कोषाध्यक्षाको प्रतिवेदनमा आर्थिक वर्ष २०७९÷८० मा कुल पुँजी वासलात तर्फ ६ करोड ९३ लाख १६ हजार ११५ रुपैयाँ प्रगति गरेको छ भने २०८०÷८१ मा अनुमानित ८ करोड पु¥याउने लक्ष्य राखेको छ । निक्षेपतर्फ आर्थिक वर्ष २०७९÷८० मा ४ करोड ६१ लाख ९७ हजार ४३७ रुपैयाँको प्रगति र २०८०÷८१ मा अनुमानित ६ करोड पु¥याउने लक्ष्य लिएको छ ।
यस्तै शेयर पुजीँ तर्फ आर्थिक वर्ष २०७९÷८० मा १ करोड ४२ लाख २६ हजार रुपैयाँको प्रगति र २०८०÷८१ मा अनुमानित १ करोड ८५ लाख पु¥याउने लक्ष्य, ऋण लगानी तर्फ आर्थिक वर्ष २०७९÷८० मा ५ करोड ६१ लाख २० हजार ७७५ रुपैयाँको प्रगति र २०८०÷८१ मा अनुमानित ७ करोड पु¥याउने लक्ष्य, बैँक मौन्दात तर्फ आर्थिक वर्ष २०७९÷८० मा ७७ लाख ७३ हजार १७३ रुपैयाँको प्रगति र २०८०÷८१ मा अनुमानित ९० लाख पु¥याउने लक्ष्य रहेको छ
यस्तै नगद मौन्दात तर्फ आर्थिक वर्ष २०७९÷८० मा १ लाख ७५ हजार ५९८ रुपैयाँको प्रगति र २०८०÷८१ मा अनुमानित ५० हजार पु¥याउने लक्ष्य, सम्पत्ती सामान तर्फ आर्थिक वर्ष २०७९÷८० मा ४४ लाख ३७ हजार ५३९ रुपैयाँको प्रगति र २०८०÷८१ मा अनुमानित ४२ लाख पु¥याउने लक्ष्य रहेको छ भने आयकर अघिको मुनाफा तर्फ आर्थिक वर्ष २०७९÷८० मा २० लाख ७९ हजार ३८३ रुपैयाँको प्रगति र २०८०÷८१ मा अनुमानित २५ लाख २० हजार ५३८ रुपैयाँ पु¥याउने लक्ष्य रहेको उल्लेख गरिएको छ । २०३३ सालमा स्थापना भएको सहकारीमा ७ सय ८ जना शेयर सदस्य रहेको छन् ।

रामनगर सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षता, सदस्य साबित्रा शर्माको स्वागत तथा सचिव शिवलाल भुषालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मान कार्यक्रम
साधारण सभाको अवसरमा एम.बी.बी.एस मा नेपाल सरकारले दिने पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल संस्थाका कोषाध्यक्ष एवम् शेयर सदस्य विष्णु प्रसाद पाण्डेका छोरा सुसान्त पाण्डे, कक्षा १२ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने सहकारीका शेयर सदस्य विष्णु कुमारी अर्याल आचार्यका छोरा रोहित आचार्य र अर्का शेयर सदस्य शान्ति कुंवरका छोरा समिर कुवंरलाई सम्मान—पत्रले सम्मान गरिएको हो ।
यस्तै शेयर सदस्य मध्यबाट सबैभन्दा जेष्ठ नागरिक सदस्य विष्णु प्रसाद उपाध्यायलाई दोसल्ल र मायाको चिनोले सम्मान गरिएको थियो ।