राष्ट्रिय धान दिवस देशभर मनाउदै कर्णाली प्रदेशले दियाे सार्वजनिक बिदा

राष्ट्रिय धान दिवस देशभर मनाउदै कर्णाली प्रदेशले दियाे सार्वजनिक बिदा

असार १५ सल्यान

१८औराष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ को नारा “धान उत्पादनमा वृद्धि: खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धि” भन्ने नारा सहित अाज देशभर राष्टिय धान दिवस मनाइदै छ।

विज्ञापन

मानाे राेपेर मुरी उब्जाउने याे दिनलाइ अाज नेपाल भर यस दिनलाइ दिवसकाे रुपमा मनाउदै अाएकाे छ। नेपाल कृषि अनुसन्धान परिषदकाे सिफारिस २०६१ मंसिर २९ गतेकाे मन्त्रीस्तरिय निर्णय बाट अाज असार १५ लाइ धान दिवसकाे रुपमा मनाउन सुरु गरिएकाे हाे।

नेपाल कृषि प्रदान देश भएका कारणले याे दिनलाइ विगतका बर्षमा बिशेष रुपमा मनाउदै अाए पनि याे बर्ष काेराेना महामारीकाे कारणले राष्टिय धान दिवस प्रभावित हुने देखिएकाे छ। काेराेना जाेखिमका कारण याे वर्ष केही स्थानहरुमा बिशेष कार्यक्रम गरी धान दिवस मनाउन थालिएकाे छ।यसै गरी कर्णाली प्रदेश सरकारले कृषि बिभागले तयार पारेकाे कृषि प्राेटाेकलअनुसार राष्टिय धान दिवस तथा राेपाइ कार्यक्रममा अनिवार्य मास्क सेनिटाइनजरकाे प्रयाेग अनिबार्य गर्न तथा गत बर्ष जस्तै याे बर्ष हिलाे छाप्न नपाइने गरी सम्बन्धित जिल्ला कृषि बिकास कार्यलयलाइ निर्देशन दिएकाे बताइएकाे छ। नेपालका अधिकाशं किसान कृषि पेशामा निर्भर रहेकाेले याे दिनलाइ छाक जुटाउने दिनकाे रुपमा पनि हेरिएकाे छ।अाजकाे दिन देखि किसानहरु खेतीपातीमा ब्यस्त हुदै असारे भाका गाउने पनि गरिन्छ।पुर्वका जिल्ला सगै कर्णाली प्रदेशका १० जिल्लामा पनि पञ्चेवाजा सगै राेपाइ गित सगै दही चिउरा खायर याे दिनलाइ उत्वसवकाे रुपमा मनाउने भएकाले अाज कर्णाली प्रदेश सरकारले कर्णालीका १० जिल्लामा सार्वजनिक बिदा दिएकाे छ।

नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।

नेपालमा धानको उत्पादन प्रतिहेक्टर तीन हजार किलो हुने गरेको अनुमान छ । नेपालमा धानका रैथाने जातका ८६ मध्ये ७ वटा मात्र रैथाने जातका धानको खेती हुन्छ । नेपालमा करिब १४ लाख २५ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको कृषि मन्त्रालयको आँकडा छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशत कृषि क्षेत्रको योगदान छ ।

उहाँ ई-प्रतिविम्ब सम्पादक हुनुहुन्छ।